सुनको मूल्य घट्यो हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ कात्तिक १८ मंगलवार
1.4K
shares
shares
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । कात्तिक १८ गते मंगलबार सुन प्रतितोला एक हजार ४०० रुपैयाँले र चाँदी तोलामा ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । आज मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।


























