skip this Bajaj motar bike

मालपोतको पौडेल र सामान्य प्रशासनको पौडेल मिलेर गरेको पोखराको त्यो ताण्डव 

2.2K
shares

 

पोखरा । भूमि प्रशासनमा सधैँ विवादमा रहँदै आएका पोखराका तत्कालीन मालपोत अधिकृत चिरञ्जीवी पौडेल र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा कर्मचारी प्रशासनमा बसेका भीमकान्त पौडेलको थप कर्तुत सार्वजनिक भएको छ । कास्की मालपोत कार्यालय प्रमुख रहँदा पोखराको लिची बारी जमिन प्रकरणमा समेत उनी विरुद्ध मुद्दा परेको थियो । सो बेला एक होटेलमा गरिएको अनियमित व्यवहारका कारण पुनः विवादमा तानिएका थिए ।

स्रोतका अनुसार, पौडेलले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका तत्कालीन उच्च अधिकारीहरूसँग नजिक सम्बन्ध राख्दै मालपोत कार्यालय कास्की, भूमि विभाग र मन्त्रालयसम्म पहुँच कायम गरेका थिए । भीमकान्तलाई मन्त्रालयभित्रका सचिवहरूसँग ‘सेटिङ’ मिलाएर सरुवा र जिम्मेवारी तय गर्ने कार्यमा समेत संलग्न भएको आरोप  छ ।

पोखराको प्रसिद्ध ल्यान्ड मार्क होटेलमा पौडेल र भीमकान्त पौडेल नेतृत्वको सात जनाको समूहले महँगो खर्च गरेको विषय पुनः उजागर भएको छ । उक्त समूहमा पौडेलहरूसँगै चार जना थिए । जसमा सुब्बा र अधिकृतसहित भीमकान्तका भान्जा पोखरा मालपोत अधिकृत शोभाखर पोखरेल, गोविन्द सुनुवार, रमेश अर्याल र सुब्बा महेश सुवेदी सहभागी थिए ।

होटेल स्रोतका अनुसार, सो समूहले एक लाख रुपैयाँभन्दा बढीको बिल नतिरी होटेलबाट हिँडेका थिए ।होटेलका एक कर्मचारीका अनुसार, उनीहरूले ब्रान्डेड रक्सी पिएर  रातभर होहल्ला मच्चाए, तर भोलिपल्ट बिल पनि तिरेनन् ।

 

यो घटनाबारे मन्त्रालयमा जानकारी पुगे पनि, कुनै छानबिन वा कारबाही भएन । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकै आडमा पौडेलहरू बारम्बार विवादमा परे पनि सुरक्षित रहँदै आएका छन् ।

 

चिरञ्जीवी पौडेल र भीमकान्त पौडेल दुबै जना प्रशासनभित्रको आन्तरिक ‘सञ्जाल’को भरमा चल्ने पात्र हुन् । उनीहरूलाई कुनै पनि निकायले प्रश्न गर्न सक्दैन । उनीहरू मध्ये चिरञ्जीवी पौडेलको चितवन मालपोत कार्यालयमा र भीमकान्त पौडेलको रक्षा मन्त्रालय अन्तर्गत सरुवा भएको छ।

विवादित पात्र भए पनि चिरञ्जीवीको चितवन जस्तो जिल्लामा सरुवा हुनु पनि शङ्काको रूपमा हेरिएको छ ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

७० लाख घुसकाण्डमा छानबिनमा रहेका पौडेललाई पुनः कास्की सरुवाको चलखेल

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

हरेक सरुवामा माल झार्ने सामान्य प्रशासन कर्मचारी प्रशासनका उपसचिव पौडेल पुगे रक्षा मन्त्रालय

civil hospital
Hams Hospitals