skip this Bajaj motar bike

प्रगतिशील लोकतान्त्रिक पार्टीले ‘एन्टिकरप्सन युथ फोर्स’ गठन गर्ने

2.1K
shares

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)ले भ्रष्टाचारविरुद्ध देशव्यापी अभियान सञ्चालन गर्न ‘एन्टिकरप्सन युथ फोर्स’ गठन गर्ने घोषणा गरेको छ। आइतबार पार्टी एकता समारोहमा प्रस्तुत राजनीतिक प्रतिबद्धता मस्यौदामा सुशासनलाई प्राथमिकता दिँदै युवाको नेतृत्वमा प्रभावकारी संरचना बनाइने उल्लेख गरिएको छ।

पार्टीका अनुसार सुशासनबिना न्याय र विकास सम्भव नभएकाले भ्रष्टाचार उन्मूलनका लागि जुझारु अभियान सुरु गरिँदैछ।मस्यौदामा भनिएको छ, “देशमा सुशासन हासिल गर्न युवाको अगुवाइमा ‘भ्रष्टाचार विरुद्ध युवाशक्ति’ गठन गरिनेछ।”

पार्टीले यो फोर्समार्फत भ्रष्टाचारी, कालोबजारी, बलात्कारी, मानव बेचबिखान तथा गुण्डागर्दीमा संलग्न व्यक्तिहरूको क्रिमिनल प्रोफाइल तयार गर्ने,
सामाजिक सञ्जालमार्फत एक्स्पोज अभियान चलाउने,र अपराधमा संलग्न व्यक्तिहरूविरुद्ध सामाजिक बहिष्कार अभियान सञ्चालन गर्ने जनाएको छ।

यस्तै, सुशासन प्रवर्द्धनमा आवश्यकताअनुसार विभिन्न निरोधात्मक र जुझारु कार्यक्रम सञ्चालन गरिनेछ।आइतबारकै कार्यक्रममा तीन राजनीतिक समूहबीच एकता घोषणा गरिएको छ।
एकता गर्नेहरूमा

  • डा. बाबुराम भट्टराईद्वारा स्थापित र हाल दुर्गा सोब नेतृत्वमा रहेको जसपा (नयाँ शक्ति),

  • जनार्दन शर्माको पहलमा बनेर सुदन किरा̃ती नेतृत्वमा रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी,

  • रास्वपा परित्याग गरेका पूर्व सांसद सन्तोष परियार नेतृत्वको समूह

समेत रहेका छन्।पार्टीले एकतापछि भ्रष्टाचारविरोधी अभियानलाई थप सशक्त बनाइने जनाएको छ।

civil hospital
Hams Hospitals