सुनको मूल्य घट्यो,हेर्नुहोस् कति पुग्यो आज
वि.सं.२०८२ पुस २४ बिहीवार
1.1K
shares
shares
काठमाडौं । आज बिहीबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भाउ तोलाको २ हजार रुपैयाँ र चाँदीको भाउ १०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
महासंघका अनुसार हिजो बुधबार तोलाको २ लाख ६७ हजार ७०० रुपैयाँ रहेको सुनको मूल्य आज २ लाख ६५ हजार ७०० रुपैयाँ कायम भएको छ ।
चाँदीको मूल्य आज ४ हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ ।


























