हेम्स हस्पिटलमा IVF सेवा : निःसन्तान दम्पतीका लागि ‘आशाको केन्द्र’

2.1K
shares
Nabil bank

डा. भोला रिजाल : “निःसन्तान हुनु भगवानको श्राप होइन, समाधान सम्भव छ”

काठमाडौं । नेपालमा निःसन्तान दम्पतीहरूको उपचारमा नयाँ युग प्रारम्भ गर्दै हेम्स हस्पिटल IVF सेन्टर ले देशभरिका हजारौँ दम्पतीलाई आशा दिएको छ। वरिष्ठ स्त्रीरोग विशेषज्ञ तथा IVF विशेषज्ञ डा. भोला रिजाल नेतृत्वमा चलिरहेको यस सेन्टरले नेपालमै विश्वस्तरको IVF उपचार सेवा प्रदान गर्दै आएको छ।

डा. रिजालका अनुसार ३० वर्षअघि भारतको कोलकातास्थित प्रतिष्ठित क्लिनिकमा तालिम गर्दा नेपालका धेरै महिलाहरू IVF को लागि भारत जान बाध्य हुन्थे। “त्यतिबेला नेपालमा IVF उपलब्ध थिएन। तर अहिले हामीले यहाँ नै सक्षम सेवा सुरु गरेका छौँ,” उनले बताए।

पहिलो IVF सफलता र यात्राको सुरुवात

२० वर्षभन्दा बढी अघि, डा. रिजालको टोलीले नेपालमै पहिलो IVF सफल केस सम्पन्न गरेको थियो। त्यो सफलताले नै आज हेम्स हस्पिटल IVF सेन्टर लाई देशका धेरै निःसन्तान दम्पतीका लागि मूल उपचार केन्द्र बनाएको छ।“पूर्वी मेचीदेखि पश्चिम महाकालीसम्मका दम्पतीहरूलाई IVF उपचार उपलब्ध गराउनु हाम्रो मुख्य लक्ष्य हो,” डा. रिजालले भने।

समाजमा भ्रम तोड्ने अभियान

अतीतमा निःसन्तानलाई “भगवानको श्राप” वा “महिलाको दोष” ठान्ने सोच व्यापक थियो। डा. रिजालले जनचेतना अभिवृद्धि गर्दै पुरुष र महिला दुवैको परीक्षण आवश्यक भन्ने विषयलाई प्राथमिकता दिएर समाजमा सकारात्मक सोच ल्याएका छन्।उदाहरण स्वरूप, दार्चुलाबाट आएका एक पुरुषको परीक्षणले शुक्रकीट संख्या अत्यन्तै कम रहेकाले समस्या पहिचान गरिएको थियो। उपचारपछि ती दम्पतीले सन्तान पाएका छन्।

विश्वस्तरको IVF टिम र सफलता

हेम्स IVF सेन्टरमा अनुभवी टोलीमा:

  • IVF विशेषज्ञ डा. करिश्मा पाण्डे

  • स्त्रीरोग विशेषज्ञ डा. सृष्टि

  • डा. प्रतिउषा

  • डा. आश्मा

  • डा. सरिता कजु

  • काउन्सिलर शेखा

जस्ता दक्ष चिकित्सकहरूको समावेश छ।

सेन्टरमार्फत धेरै दम्पती जसले लामो समयसम्म सन्तान नपाए, विदेशमा प्रयास गर्दा पनि असफल भएका, तिनीहरूलाई सन्तान दिंदै सफल परिणाम प्राप्त भइसकेका छन्।

पुरुष बाँझोपन र भविष्यको चुनौती

डा. रिजालले पुरुषमा शुक्रकीटको संख्या घट्ने समस्या राष्ट्रिय स्तरमा गम्भीर रुपमा वृद्धि भएको बताउँदै, यस विषयमा फर्टिलिटी सोसाइटी अफ नेपाल अन्तर्गत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरूसँग कार्यशाला तथा जागरण कार्यक्रमहरू सञ्चालनमा रहेको जानकारी दिए।

ट्रेनिङ केन्द बनाउने लक्ष्य

हेम्स IVF सेन्टरलाई भविष्यमा नेपालकै नमूना IVF तथा प्रशिक्षण केन्द्र को रूपमा विकसित गर्ने लक्ष्य रहेको डा. रिजालले बताए। यसअन्तर्गत चिकित्सक तथा स्टाफहरुलाई अन्तर्राष्ट्रिय स्तरको प्रशिक्षण प्रदान गर्ने योजना अघि बढाइएको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited