मन्त्रीस्तरीय निर्णयबाट तीन अस्पतालमा अध्यक्ष र सदस्य नियुक्त
वि.सं.२०८२ चैत २ सोमवार
shares
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालसहित तीन वटा अस्पतालमा अध्यक्ष तथा सदस्यहरू नियुक्त गरेको छ।
प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयबाट सेती प्रादेशिक अस्पताल, लम्कीचुहा अस्पताल र जोगबुढा अस्पतालका लागि व्यवस्थापन समितिका पदाधिकारी नियुक्त गरिएको हो।
सेती प्रादेशिक अस्पतालको अध्यक्षमा बलराम जैशी भट्ट नियुक्त भएका छन्। उक्त अस्पतालको सदस्यमा दिनेशराज भट्ट, सरिता कुमारी चौधरी र निरञ्जन शाह नियुक्त भएका छन्। यस समितिमा अन्य तीन सदस्य भने पछि नियुक्त गरिने बताइएको छ।
त्यस्तै लम्कीचुहा प्रादेशिक अस्पतालको अध्यक्षमा रामबहादुर विष्ट नियुक्त भएका छन्। यस अस्पतालको सदस्यमा ससिरा शाही, धिरेन्द्र थापा, भीम थारु र हिमाल स्वार नियुक्त भएका छन्।
यसैगरी जोगबुढा अस्पतालको अध्यक्षमा कैलसिंह धामी नियुक्त भएका छन्। सदस्यमा भवानीसिंह बोहरा, हर्कबहादुर विष्ट, ईश्वरी ठकुराठी, कमलापति जोशी, बसन्तीदेवी पाण्डे र महादेव भट्ट नियुक्त गरिएको प्रदेश सरकारले जनाएको छ।
प्रदेश सरकारले अस्पतालहरूको व्यवस्थापन, सेवा प्रवाह र स्वास्थ्य सेवा सुधारलाई प्रभावकारी बनाउन नयाँ पदाधिकारी नियुक्त गरेको बताइएको छ।

























