लघुकथा : पारा

195
shares

 

 

 

“नयाँ तरिकाले जीवनमा अगाडि बढ्नुहोस् त, कस्तो हुन्छ ?” छोराले बुवालाई सम्झायो

 

उनको आफ्नै काइदा थियो । न कसैले सम्झाएर हुन्थ्यो, नत बुझाएर, एकोहोरो हठ गर्थे । आधुनिकता र नवीन शैली सहोदरले पनि अपनाए तर उनी भने मेरो गोरुको बाह्रै टक्का झै गर्थे ।

 

छोराले नम्रता देखाउँदै उनको समीप गयो र भन्यो, “जमाना कहाँबाट कहाँ पुगिसक्यो ? तपाईं चाहिँ उहीँ पहाडकै पिपलबोट मै रहनु, बाउबाजे कै शैली छ । साह्रै दु: ख भयो भनेर त हो मधेस झरेको, किन बुझ्नु हुन्न ?” उसले बुवातिर दृष्टि घुमाउँदै दिकदारी व्यक्त गर्यो ।

 

उनले सुन्न सकेनन् । चर्को आवाज गरे, “बडो जान्ने हुँदो रहेछ, अल्अलि के पढेको थियो ? मानमर्यादा खोई, बिर्यो, माउभन्दा चल्ला बाठा भनेको यहीँ हो । तँ ठुलो कि म, हँ ?” उनले तातो रिस देखाउँदै झपारे

 

उनको व्यवहारले घरका कोही नजिक पर्देन्थे । सम्झाउँने त कुरै भएन । बल्लतल्ल साहस बटुलेर छोराले के भनेको थियो । चर्को स्वरले दबाए, ऊ पनि नि:शब्द भयो र मौनता साँध्यो ।

 

उनी एक्लै बर्बराए, “अरूले जे गर्यो त्यहीँ गर्नुपर्ने, अरू घोडामाथि चढे भनेर धुरीमाथि चढ्नु । कस्तो कुरा गर्छ है, नउम्रिदै तीनपाते भनेको यहीं हो ।” झिझ्झिए

 

सबै सुनिरहेकी आमाले चिन्तित हुँदै मुख खोलिन्, ” नयाँवर्षले सुख,शान्ति,जीवन परिवर्तन गरोस् भन्ने कत्रो शुभेच्छा थियो छोराको तर कानो गोरुलाई औँसी न पुर्णे ।” उनको पाराले हैरान भइन्

 

 

civil hospital
Hams Hospitals