हाइकुहरू
वि.सं.२०८३ साउन १४ बिहीवार
shares
१.
भवन अग्लिए,
चेतना होचिँदै गयो
सभ्यता रोयो।
२.
ज्ञानको दीप,
विवेक निभेपछि
अँध्यारो युग।
३.
प्रविधि उड्यो,
मनुष्यको अन्तरमन
भुइँमै रह्यो।
४.
सूचनाको सागर,
तृषित नै रह्यो मन
विवेक कहाँ?
५.
हातमा शक्ति,
हृदयमा करुणा छैन
विजय कि हार?
६.
सत्य मौन छ,
अफवाहको भीडमा
न्याय हरायो।
७.
लोभको बीउ,
सभ्यताको बगैँचा
ओइलाउँदै।
८.
चरित्र बिना
समृद्धिको महल
बालुवाको घर।
९.
युद्ध जितियो,
आफ्नै मन हारेर
के रह्यो बाँकी?
१०.
प्रकृति रुन्छे,
मानिसको अहंकार
बहिरो बने।
११.
एआई जाग्यो
मानव विवेक भने
निद्रामै छ।
१२.
भीड बढिरह्यो,
एक्लिँदै गयो मन—
युगको पीडा।
१३.
शान्ति खोज्दै,
आफ्नै मनभित्रको
ढोका बन्द।
१४.
अधिकार ठूलो,
कर्तव्य बिर्सँदा
राष्ट्र कमजोर।
१५.
सत्यको बाटो,
ढुङ्गाले भरिएको—
तर उज्यालो।
१६…
चेतना जागे,
सभ्यताको आकाश
फेरि निलो।
१७.
करुणाको फूल,
घृणाको मरुभूमिमा
आशाको वर्षा।
१८.
मानव महान्,
यदि मन जित्न सके
विश्व विजेता।
१९.
विवेक बाँच्यो,
सभ्यता मुस्कायो—
भोलि सुरक्षित।
२०.
उज्यालो मन,
उज्यालो भविष्य
यही सभ्यता।





























