लघुकथा : सास्ती

114
shares

 

 

“हैरान भएँ ।“

घरि कता त घरि कता हिड्दा लखतरान भएँ । सोधेँ, एउटाले एकथोक भन्छ, अर्कोले अर्कै, वाक्कै परेँ । तल र माथि प्रशासनको काम दौड्दै ठिक्क । सच्याएर ल्याउँनु भन्यो, दौड्दै कम्प्युटरमा पुगेँ, रातो लागेका जति सबै सच्याएर ल्याएँ, हस्याङ्फस्याङ् गर्दै हाकिम साहेबको कार्यकक्षमा पुगेँ, निस्किसक्नु भएछ । ढोकामाथि नजर पर्यो,  बाहिर लेखेको थियो । कार्यालय सहयोगीलाई देखाउँदै सङ्केत गरेँ, “खोई हाकिम साहेब, कहाँ जानुभयो ?”

 

उसले केही थाहा नपाए जसरी जवाफ फर्काई, “अफिसमा हुनुहुन्न,बोर्डमा बाहिर छ, देख्नुभएन ।“ ठाडै भनी

 

बेन्चमा बसेँ, कुरेँ,निर्धारित समय सकियो । सबै घरतिर लागेँ, म पनि खुइय गर्दै बाटो लागेँ । दिनभरिको थकान, भागदौड शरीरले विश्राम खोजेको थियो । काम सकेर एकोहोरो खाजा खाउँला भनेको थिएँ । एकछिन फुर्सद भएनँ, मगाएँ, “खाजा खाएँ ।“

 

लुखुरलुखुर घरतिर लागेँ । चौताराको छहारीमा बसेर एक हुल गफ गरेका थिए । मिसिएँ, एकले बोलिहाल्यो, “के को फाइल हो, के गर्न आँटिस् ?” उसले नजर जुधाउँदै सोध्यो

 

मैले समस्या बताएँ, “ विदेश गइयो, आइयो । सोचे जस्तो हुने रहेनछ विदेश पनि । आफ्नै देशमा कुखुरा पालन व्यवसाय गरौँ कि भन्ने सोच बनाएँ । त्यसैको लागि दौडिएको पनि निकै भयो ।“ क्लान्त स्वरमा बोलेँ अनि थ्याच्च बसेँ

 

एकले सम्झाउँन खोज्यो, नजिक आयो । ढाडस दियो, भरोसा दिलाउँदै बोल्यो, “आत्तिनु हुदैन, बिस्तारै गर, अवश्य  हुन्छ, हुन्छ ।“ ढाप मार्यो

 

सबै नियाली रहेको अर्को कड्किएर बोल्यो, “लक्ष्य फेर्ने होइन केटा बरू तरिका बदल, सबैले बलेको आगो ताप्छन्, आलो घाउमा नुन छर्कने जमातमा गरिखान कहाँ सजिलो छर ?” उनले हिम्मत दियो ।

 

civil hospital
Hams Hospitals