समाचारप्रति माननीय खत्रीको आपत्ति 

116
shares
Nabil bank

काठमाडौं । प्रतिनिधिसभा सदस्य राजीव खत्रीले सिंहदरबार अनलाइनमा प्रकाशित समाचारप्रति आपत्ति जनाउँदै यसको खन्डन गरेका छन् ।

 

डिडिसीको नाम र ब्रान्ड प्रयोग गरी जापानमा नक्कली दुग्धजन्य पदार्थ बिक्री भइरहेको विषयमा प्रकाशित समाचारमा आफ्नो नाम, तस्बिर  प्रयोग गरिएको भन्दै खत्रीले सञ्चारमाध्यमलाई औपचारिक खण्डनपत्र पठाएका हुन्।

 

खत्रीले सामाजिक सम्बन्ध र सँगै खिचिएका तस्बिरलाई आधार बनाएर आफूलाई नक्कली दुग्धजन्य पदार्थको कारोबार तथा राजनीतिक संरक्षणसँग जोड्न खोजिएको भन्दै त्यसको तथ्यगत आधार र प्रमाण सार्वजनिक गर्न चुनौती दिएका छन् । उनले जापान गएको भने स्विकार गरेका छन् ।

 

उनले जापान भ्रमणका क्रममा सम्बन्धित व्यवसायीले आफ्नो घुमफिर, खानपिन तथा बसोबासको व्यवस्था मिलाएको भन्ने समाचारमा उल्लेखित दाबी  असत्य भएको बताएका छन् ।

 

खत्रीले समाचारको तथ्यगत आधार, स्रोत र प्रमाण सार्वजनिक गर्न, आफ्नो प्रतिक्रिया समेटेर खण्डन तथा स्पष्टीकरण प्रकाशित गर्न  माग गरेका छन् ।

 

खत्रीले सार्वजनिक पदमा रहेकाले आफ्नो राजनीतिक तथा सार्वजनिक भूमिकामाथि प्रश्न उठाउन पाइने भए पनि त्यसका नाममा परिवार र नाबालक बालबालिकाको गोपनीयतामाथि हस्तक्षेप गर्न नहुने बताएका छन्।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो कि: 

डिडिसीको साखमाथि प्रहार गर्ने कम्पनीका सञ्चालकसँग रास्वपा सांसद खत्रीको निकट सम्बन्ध

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x