समिक्षालाई यसरी फकाएर फसाए पलले,(सुन्नुहोस् अडियो)

20.9K
shares
Nabil bank

काठमाडौं। गायिका समिक्षा अधिकारी र नायक तथा मोडल पल शाहबीचको विवादबारे प्राय सबै जानकार छन्।

समिक्षाले पलले आफूलाई पीडित बनाएको बारम्बार बताउँदै आएकी छिन्। तर पलले भने आफूले कहिल्यै समिक्षालाई पीडित नबनाएको बताउँछन्।

यसबीचमा दुईवटा अडियो लिक भएका छन् जहाँ समिक्षाले पलले आफूलाई फकाएर फसाएको उल्लेख गरेका छन्।

पल आफ्नो कोठासम्म नसोधी प्रवेश गरेको पनि समिक्षाले बताएकी छिन्। अडियोमा पलले समिक्षालाई गर्भवती नबनाएकाले जिम्मा नलिने भनेको पनि सुन्न सकिन्छ।

पलले आफूलाई सुरुमा फकाएर माया देखाएको र अहिले छाड्न खोजेको उनको आरोप छ। पल भने समिक्षालाई हामी खुशी हुन्नौं मात्र भनिरहेका छन्।

पल र समीक्षाबीच अन्तरङ्ग सम्बन्ध छ कि भन्ने आशंकाबीच यस्तो अडियो लिक हुनुले शंकालाई थप बल पुर्याएको छ।

समिक्षालाई पललाई प्लेब्वाई सम्म भनेकी छिन्। आफू हुँदाहुँदै अन्य दुई तीन केटीसँग पल रमाइरहेको उनको आरोप छ। उनी पललाई कारवाही होस् भन्ने चाहन्छिन् तर पलले सबैलाई पैसामा किनेर आफूलाई पागल सावित गराउन खोजेको उनको भनाइ छ।

पलले बिहे गर्छु नै भनेर नजिकिएको समिक्षाको भनाइ छ। पल भने यतिबेला संचारमाध्यमको सम्पर्कमा आउन चाहेका छैनन् ।

समिक्षाको आरोप

 

विवाद मिलाउन दुर्गेस थापाको सहयोग

civil hospital
Hams Hospitals