कांग्रेसको चुनौती – व्याख्यात्मक टीप्पणी र वासुदेव सापकोटा

नारायण आचार्य

2.7K
shares

जनताको जनजीविकाका सञ्चालित हुने मार्गको अवरुद्ध गर्ने सत्यवादी जनतालाई दु:ख दिने तथा सनातनी देखि चलि आएको धर्मलाई क्षयिकरण गर्न खोज्ने राष्ट्रिय भावना माथि कुठाराघात गर्ने अपवित्र शक्तिलाई नियन्त्रण गर्न राज परम्पराको भूमिकामा भागवतको पहिलो स्कन्दमा राजा परिक्षितले धुर्त तथा लफङ्गो पात्र कलीलाई गरिएको कारवाहीलाई वडो प्रतिकात्मक रुपमा व्याख्या गरिएको छ ।

उक्त प्रसंगमा प्रतिकात्मक पात्र पृथ्वीले गाईको रूपमा आफु गैर न्यायिक तरिकाले पिडित भएको ७५ प्रतिशत सत्य मार्गको प्रणाली अवरुद्ध भई सिंगो समाज नै आक्रान्त बनेको भनि कारुणिक आर्तनादको स्वर सुनिनु र आफ्नो राज्यमा शान्ति र समृद्धि कायम गर्न राजाको रुपबाट प्रतिकात्मक पात्र परिक्षितले गैरन्यायीक तरिकाले जनतालाई दु:ख दिने गुण्डा प्रवृतिका पात्र कलीलाई कारवाही गरिएको र सामाजिक सदभाव स्थापना गरिएको देखाइएको छ ।

यसलाई भागवतमा राज्ञो हि परमो धर्मः स्वधर्म स्थानुपालनम भनी व्याख्या गरिएको छ । तर नेपालको आजको अवस्था हेर्ने हो, भने सामाजीक सदभाव निकै धाराशाहि बनेको देखिन्छ । नेपालमा भएको राजनितिक परिवर्तन पछिका घटनाहरुको विश्लेषण गर्ने हो, भने हालै संसदबाट पारित अमेरिकी सहयोग परियोजना एमसीसी नै सर्वाधिक विवादित विषय वस्तु भएको छ । गठवन्धन सरकारका डिजाइनर प्रचण्ड तथा माधव नेपालले अन्ततः दोहोरो तेहाेराे भुमिकामा व्याख्यात्मक टीप्पणी मार्फत एमसीसी परियोजना नेपालमा प्रवेश गराएको अवस्था छ । तर आम नेपालीहरुले भने दिर्घकालीन रुपमा यसले सामाजिक सद्भाव भड्काउने आंशका गरेका छन् ।

एमसीसी परियोजनाबाट वास्तविक रुपमै क्षती पुर्याउँछ भने त्यसलाई अनुमोदन हुन नदिन गठबन्धन सरकारका साझेदार माधव नेपाल तथा प्रचण्डले घोषणा गरेर विपक्षमा मतदान गर्न सक्नु पर्दथ्यो । तथाकथित प्रगतीशिलता पनि देखाउनु पर्ने नुनको सोझो गर्दै टाउको पनि जोगाउनु पर्ने वाध्यताले दोहोरो तेहाेरो चरित्रको उपज नै व्याख्यात्मक टिप्पणी भएको छ ।

नेपालकै पुरानो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेसले पनि एमसीसीको सकारात्मक तथा नकारात्मक पक्षहरु जनतालाई बुझाउन सकेन् । राजसंस्था सहितको एकात्मक राज्य प्रणाली तथा पहिचान सहितको हिन्दु राष्ट्रको संरक्षण गर्न नसक्नु कांग्रेसको अर्को ऐतिहासिक भुल भएको हाे ।

देश र जनताको निम्ती होइन् प्रजातान्त्रिक संस्कारको  लागी होइन् सामाजिक सद्भाव स्थापना गर्नको लागी होइन् समाजलाई रूपान्तरण गर्नको लागी होइन् केवल आफ्नो स्वार्थको लागी कांग्रेसको मुकुण्डो ओढेका प्रवृतिबाट कांग्रेसका नैतिकवान कार्यकर्ताहरु आज पनि प्रताडित छन् । तर धर्मको मार्ग कहिल्यै अवरुद्ध हुदैन् त्यसैले त गीतामा घोषणा भएको छ । ‘धर्म संस्था पर्नाथाय संभवामी युगे युगे’ भने झै कांग्रेसको १४ औं महाधिवेशनले कतिपय पालीकाबाट भागवतमा चर्चा भएको धुर्त लफङ्गो तथा अपवित्र पात्र कली प्रवृतिबाट आक्रान्त भएर महान धर्मपरायण समाजसेवी तथा डिप्लोम्याटिक डिल्लीराम कडारिया जस्ता व्यक्तित्व चयन हुनु आफैमा अर्थपूर्ण मानिएको छ ।

आफ्नो स्वार्थलाई भन्दा देश र जनता प्रति समर्पित भई हिड्ने कैयौ कार्यकर्ताहरुले अझै पनि पार्टीमा अवसर पाइरहेका छैनन् । गीताको मुलमर्म सर्व धर्मान परित्यज्यलाई नै जीवन भरि अवलम्बन गर्ने ओजस्वी व्यक्तित्व वासुदेव सापकोटा जस्ता समाजसेवीलाई कांग्रेसले आगामी निर्वाचनमा भुमिका दिनुपर्ने एमसीसी परियोजनाको सत्य तथ्य जनसमक्ष ल्याउनु पर्ने नै देखिन्छ ।
पूर्विय चिन्तक तथा राजनितिक विश्लेषक नारायण आचार्य “सन्देश संग्रहको सन्देश ” पुस्तकका लेखक हुनुहुन्छ ।

civil hospital
Hams Hospitals