एनआरएनएका तीन अध्यक्ष आचार्य, केसी र थापालेले गरे पदबहाली 

26.1K
shares
Nabil bank

काठमाडौं।गैरआवासीय नेपाली संघ ९एनआरएनए० का नवनिर्वाचित अध्यक्षहरु कुल आचार्य, डा। बद्री केसी तथा रबिना थापाले सोमबार दिउंसो संघको केन्द्रीय कार्यालयमा पद बहाली गरेका छन् ।

निवर्तमान अध्यक्ष कुमार पन्तले तीनै जना अध्यक्षहरुलाई खादा र माला लगाइ दिएर पद बहाली गराएका थिए ।

उनले तीनै जना अध्यक्षहरुलाई एकताबद्ध भएर आफ्नो कार्यकाल सफल बनाउन आग्रह गरे । उक्त अवसरमा संघका नवनिर्वाचित पदाधिकारीहरु पनि उपस्थित थिए ।

आइतबार अबेर संघको दशौँ महाधिवेशनले सर्वसम्मतिको आधारमा नयाँ कार्यसमिति चयन गरे पछि संघका पदाधिकारीहरु बिहान पशुपति क्षेत्र पुगेर पूजा अर्चना गरेका थिए ।

सोमबार अपरान्ह ४ बजे बालुवाटारस्थित संघको केन्द्रीय कार्यालयमा नवनिर्वाचित पदाधिकारीहरुलाई शपथ ग्रहण गराउने कार्यक्रम छ ।

नवनिर्वाचित तीनै जना अध्यक्षहरूलाई निवर्तमान अध्यक्ष कुमार पन्तले आइतबार राती पद तथा गोपनियताको शपथ दिलाएका थिए ।

civil hospital
Hams Hospitals