राेनाल्डाेकाे गाेलले युनाइटेडलाई राहत
वि.सं.२०७९ वैशाख १६ शुक्रवार
2.6K
shares
shares
इग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र चेल्सीबिचकाे खेल बराबरीमा टुङ्गिएको छ ।
युनाइटेडले घरेलु मैदानमा चेल्सीसँग १–१ गोलको बराबरी खेलेको हो । ओल्ड ट्राफोर्डमा भएको खेलमा चेल्सीका लागि मार्काेस अलन्सोले गोल गरे । त्यसपछि युनाइटेडका लागि क्रिष्टियानो रोनाल्डोले बराबरी गोल फर्काए ।
याे खेलसँगै चेल्सी ३३ खेलबाट ६६ अंक जोडेर तेस्रो स्थानमा तथा युनाइटेड ३५ खेलबाट ५५ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।




























