माल्दिभ्स १३ रनमा अलआउट, नेपालको एतिहासिक जित

1.9K
shares

काठमाडौं। एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार माल्दिभ्सलाई २ सय १४ रनले हराएको छ।

 

 

 

२ सय २८ रनको लक्ष्य पाएको माल्दिभ्स १३ रनमा अलआउट भयो।

 

नेपालकी अस्मिना कर्माचार्यले ४ तथा पुजा महतो र रुबिना क्षेत्रीले ३/३ विकेट लिए ।

 

अस्मिनाले ४ ओभरमा ७ रन, रुबिनाले ३.५ ओभरमा २ रन र पुजाले ३ ओभरमा २ रन खर्चिएका थिए ।

 

माल्दिभ्सका ६ जनाले खाता खोल्न सकेनन्। मालदिभ्सले १३.५ ओभर मात्र टिक्न सक्यो। प्रतियोगितामा नेपालले लगातार तेस्रो खेल जितेको हो। समूह डीमा नेपाल ३ खेलबाट ६ अंक जोडेर विजेता बन्यो।

 

लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

civil hospital
Hams Hospitals