सेनाको बंकर विस्थापित गर्न १ अर्ब ५० करोड विनियोजन

2.7K
shares

 

काठमाडौं । नेपाली सेनाले सुरक्षित बासस्थानका रुपमा प्रयोग गरेको बंकर विस्थापित गर्न सरकारले १ अर्ब ५० करोड विनियोजन गरेको छ ।अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/८२ को बजेटमा बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई एक अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेका हुन्।

नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाइने अर्थमन्त्री पुनले बताए।रक्षा मन्त्रालयलाई कुल ५९ अर्ब ६० करोड रुपैयाँ बजेट छुट्टयाएको उनले उल्लेख गरेका छन् ।नेपाली सेनाले आर्थिक वर्ष २०६६-०६७ बाट १० वर्षे परियोजना अनुसार, बंकरलाई विस्थापित गर्ने अभियान चलाएको थियो

civil hospital
Hams Hospitals