कुटपिट गरी सिरहामा युवकको हत्या, ५ जना पक्राउ

984
shares

 

सिराहा । सिरहाको धनगढीमाई नगरपालिका-१२ ठठिया बस्ने ३० वर्षीय राकेश यादवको कुटपिट गरी हत्या भएको छ । हत्या गरेको अभियोगमा नरहा गाउँपालिका-१ गौराहा बस्ने २० वर्षीय आनन्द सदाय समेत ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूले शनिबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका राकेशको भारतस्थित पीजीआई अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

civil hospital
Hams Hospitals