आज जेष्ठ ०९ गते शुक्रवार,निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्
वि.सं.२०८२ जेठ ८ बिहीवार
shares
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
छाेटाे समयमा गरिएकाे तारिफयाेग्य कामले लाेकप्रियता दिलाउनेछ। ठूला व्यक्तिहरू समेत सहयाेगी बन्नाले चिताएकाे काम सजिलै सम्पादन हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। पेसा–व्यवसायमा फाइदा हुनेछ भने उठ्नुपर्ने रकम पनि हातलागी हुनेछ। तर अनावश्यक किनमेल र फजुल खर्चले मंगलवारदेखि रकम बाहिरिने सम्भावना छ, सजग रहनुहाेला। पछिल्ला दिनमा आम्दानी राेकिने सम्भावना देखिएकाले व्यवहार निर्वाह गरी बचेकाे रकम सञ्चय गर्ने प्रयास गर्नुहाेला। सप्ताहान्तमा खर्चिलाे काम थाल्न माेटाे रकम जाेहाे गर्नुपर्ने आवश्यकता पर्न सक्छ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले राम्रो साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। कर्मक्षेत्र सबल रहनेछ भने विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले विशेष फाइदा दिलाउनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आयस्राेत सबल बन्नाले नयाँ काम गर्न अग्रसर भइनेछ। व्यापार बढ्नाले राम्रै फाइदा हुनेछ। दिगो आम्दानी हुने काम सुरु गर्ने मौका छ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
प्रारम्भमा केही झमेला आउन सक्छन्। अस्वस्थताका बीच कामको बोझ बढ्नेछ। समस्याकै समयमा सहयाेगीहरूले साथ दिन छाड्नेछन्। अर्थ अभावले पनि सताउनेछ। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ भने सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन् र भाग्यले पनि साथ दिनेछ। रोकिएको काम बन्नुका साथै नयाँ काम थालनी हुनेछ। सामाजिक काममा जुट्नुपरे पनि फाइदा हुनेछ। अनुभव देखाएर जिम्मेवारी हातपार्ने समय छ। पेसा–व्यवसायमा उत्साहजनक लाभ हुनेछ। प्रतिष्ठित काम गर्ने अवसरसमेत प्राप्त हुनेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रारम्भमा रमाइलो यात्राको साइत जुर्न सक्छ। व्यापार बढ्नेछ र पेसा–व्यवसायमा राम्रै फाइदा हुनेछ। आफन्तसँग रमाइलो भेट हुनेछ। टाढिएका साथीभाइ नजिकिनेछन्। प्रेम र मित्रताकाे बन्धन कसिनेछ। मंगलवारपछि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। बिहीवारदेखि शुभचिन्तकहरूको साथ–सहयोग जुट्नाले भविष्यप्रति आशा बढ्नेछ। सप्ताहान्तमा आयस्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। काम बन्नाले जोश–जाँगर पनि बढ्नेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिस्पर्धामा पाइने सफलताले काममाआत्मविश्वास जगाउनेछ। स्वास्थ्य पनि सबल बन्नेछ। विगतमा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू स्वतः पछि पर्नेछन्। प्रियजनसँग रमाइलाे भेट हुनुका साथै घुमघाम र खानपानकाे आनन्द प्राप्त हुनेछ। मंगलवार र बुधवार नयाँ काममा हात हाल्ने समय छ। पहिलेको उपलब्धिले व्यवसायमा उत्साह जगाउनेछ। साथीभाइकाे उपहार प्राप्त हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिने समय छ। सप्ताहान्तमा स्वास्थ्य कमजाेर रहनेछ र काम राेकिने डरले सताउनेछ। समस्या दर्साउँदा सहयाेगी तथा शुभचिन्तकहरूले साथ दिनेछन्।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
अध्ययनमा ध्यान केन्द्रित हुनाले विद्यार्थीहरूकाे प्रगति हुनेछ। पेसा–व्यवसायमा पनि राम्रै उपलब्धि प्राप्त हुनेछ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आँट गर्दा ठूलै काम सम्पादन हुन सक्छ। सीप र कलामा पनि निखारता आउनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। व्यापार बढ्नेछ। पेसा–व्यवसायमा मनग्य लाभ हुनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ। रमाइलाे यात्रा गर्ने साइत जुर्न सक्छ। नयाँ मित्रहरू फेला पर्नेछन् भने प्रेमको बन्धन पनि कसिलाे हुनेछ। सप्ताहान्तमा केही चुनाैतीपूर्ण काममा जुट्नुपर्ला। स्वास्थ्यका लागि सजग रहनुहोला।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
काम बिग्रने डरले तनाव बढाउन सक्छ। आफ्ना कमजाेरीकाे फाइदा उठाउनेहरू वरिपरि हुनेछन्। आफ्नैले काम बिगार्न सक्छन्, आवश्यक पर्दा सम्बन्धित व्यक्तिसँग मात्र गाेपनीय वार्ता गर्नुहाेला। मंगलवारदेखि स्थितिमा सुधार आउनेछ। सन्तानकाे सहयाेगले काममा नसाेचेकाे सफलता प्राप्त हुनेछ। पहिलेकाे अनुभवले पेसा–व्यवसायमा नयाँ अवसर खाेज्न मद्दत पुर्याउनेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनुका साथै नयाँ विषयकाे ज्ञान लिने अवसर प्राप्त हुनेछ। सप्ताहान्तमा प्रतिस्पर्धीहरूलाई उछिन्न सफल भइनेछ। कामका चुनाैती हट्नेछन् र आर्थिक लाभ हुनेछ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
चिताएकाे काम बन्नाले नयाँ काम गर्ने बाटाे खुल्नेछ। याेजनाअनुसार काम गर्दा सजिलै सफलता हातपार्न सकिनेछ। सहयाेगीहरूले साथ दिनाले अड्किएकाे काम समेत सम्पादन हुनेछ। आम्दानीले पनि उत्साह जगाउनेछ। मंगलवारपछि कुरा ओसार्नेहरूले आफन्तमा फाटाे ल्याउने चेष्टा गर्नेछन्। फाइदाका लागि साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। सुझबुझका साथ काम गर्दा समस्या स्वतः सुल्झनेछन्। सुरुमा अवराेध गर्नेहरू पनि आफैं किनारा लाग्नेछन्। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ भने सहपाठीहरूलाई पछि पार्दै शैक्षिक गतिविधिमा उपलब्धि हात पार्न सकिनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
बौद्धिक क्रियाकलापले तर्कशक्ति बढ्नुका साथै लेखनमा निखारता आउनेछ। मिहिनेत गर्दा आम्दानीका नयाँ स्रोत फेला पार्न सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले प्रतिफल दिलाउनेछ। पेसा–व्यवसायमा मनग्य फाइदा हुनाले धन बचत गर्न सकिनेछ। विशेष अवसर प्राप्त हुनाले ठूलै काम आँट्न सकिनेछ। दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। बिहीवारदेखि नयाँ निर्णय लिनुपूर्व राम्ररी साेचविचार गर्नुहाेला र काम थाल्न केही समय पर्खनुहाेला। काममा अरूकाे भरपर्दा धाेका पाइनेछ, सावधान रहनुहाेला।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
लगनशीलताले प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ। इच्छाशक्ति बढ्नाले छिट्टै प्रगति हासिल हुनेछ। अध्ययनमा प्रगति हुनेछ। पहिलेको सफलताले नयाँ कामकाे अवसर दिलाउनेछ। मंगलवार र बुधवार आलाेचकहरूकाे फन्दामा परिने सम्भावना छ। बाेलीकाे गलत अर्थ लाग्नुका साथै फजुल खर्च बढ्ने सम्भावना देखिएकाले हाेसियार रहनुहाेला। सत्कर्ममा जुट्नेहरूलाई भने शुभचिन्तकहरूले साथ दिनेछन्। हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। मिहिनेतले प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
खर्चिलाे काम गर्नुपर्ने समय छ। नयाँ काम बन्ने संकेत प्राप्त हुनाले लगानी जोहो गर्नुपर्ने देखिन्छ। अनावश्यक घुमघाम र किनमेलमा रकम खर्च नगर्नुहाेला। दिगाे काममा थालनी गर्ने समय छ। केही चुनौती सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। मंगलवार र बुधवार स्थिति अनुकूल बन्नुका साथै नयाँ अवसर प्राप्त हुनेछन्। मिहिनेतले मान-सम्मान दिलाउनेछ र धन आर्जन गर्ने अवसर जुट्नेछ। बिहीवारदेखि खर्च बढ्नेछ। सहयाेगका नाममा फाइदा उठाउन खाेज्नेहरू मात्र फेला पर्नेछन्, सजग रहनुहाेला। अनावश्यक किनमेल गर्नुभन्दा रकम सञ्चय गर्नु बुद्धिमानी हुनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
पेसा–व्यवसायमा मनग्य धनलाभ हुने समय छ। सरसापटमा गएको रकम फिर्ता हुनेछ र धन सञ्चय गर्न सकिनेछ। याेजनाअनुसार काममा सफलता प्राप्त हुनेछ। खर्च बढ्नाले अर्थ अभाव देखा पर्ला। आकस्मिक समस्याले मन अस्थिर हुनेछ। भेटघाटकाे आनन्द प्राप्त भए पनि अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। केही चुनौती सुल्झाएर मात्र अघि बढ्न सकिनेछ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। सहयाेगीहरूले हात झिक्ने हुँदा काम राेकिन सक्छ। सप्ताहान्तमा रमाइलाे पारिवारिक भेटघाट र खानपानकाे आनन्द प्राप्त हुनेछ।


























