भूमि व्यवस्था विभागमा आचार्यको अत्याचार
वि.सं.२०८२ कात्तिक २४ सोमवार
shares
काठमाडौँ । भूमि व्यवस्था तथा अभिलेख विभागमा ‘मनपरी’ प्रशासन चलेको खुलासा भएको छ । त्यहाँका उपसचिव खिमानन्द आचार्यमाथि अवैध कामको गम्भीर आरोप लागेको छ । भूमि व्यवस्था तथा अभिलेख विभागभित्र पछिल्लो समय व्यापक दादागिरी, मनलाग्दी सरुवा र पैसा असुल्ने जालोको नेतृत्व आचार्यले गरिरहेका छन् ।
विभागका निर्देशक तथा प्रवक्ता खिमानन्द आचार्यमाथि कर्मचारी प्रशासन शाखा कब्जा गर्दै गुण्डा शैलीको व्यवहार गरेको भन्दै कर्मचारीहरू आक्रोशित बनेका छन् । मन्त्रालयका स्रोतका अनुसार आचार्य नजिकका व्यक्तिहरूले सरुवा–बदलीका क्रममा ‘सहसचिवदेखि सचिव, मन्त्रीसम्म पैसा बुझाउनुपर्छ’ भन्दै रकम असुल्ने गरेको गम्भीर आरोप छ ।
उनको समूहले मालदार ठाउँमा सरुवा गरिदिन्छौँ भन्दै पैसा उठाउने गरेको स्रोतले बताएको छ । विभागभित्र खिमानन्द आचार्यलाई बलियो बनाउने व्यक्ति विचौलिया प्रमोद खड्का भएको कर्मचारीहरू बताउँछन् । खड्काका ‘कुरा मात्र मान्ने’ र उनको सेटिङमा मात्र काम गर्ने काम भईरहेको छ । ‘जेनजी आन्दोलन भ्रष्टाचार कम गर्ने अभियान थियो, तर यहाँ त विचौलिया र आचार्यकै राज चलेको छ,’ स्वतन्त्र कर्मचारीले प्रतिक्रिया दिए ।
केही समय अघि महानिर्देशक (डिजी) शिवप्रसाद रेग्मी विदेश भ्रमणमा रहँदा आचार्यलाई निमित्त प्रमुखको जिम्मेवारी दिइएको थियो । त्यही मौका छोपेर उनले कर्मचारी प्रशासन शाखाको नाम पाटी हटाई आफ्नो नाम राखेको, र आफू नै डिजी सरजस्तो व्यवहार गरेको आरोप कर्मचारीहरूले लगाएका छन् ।
विभागका कर्मचारीहरूको भनाइअनुसार आचार्य र बिचौलिया खड्काको सेटिङमा मनलाग्दी सरुवा र मालदार ठाउँमा पदस्थापन हुने क्रम बढेको छ । पछिल्लो समय झन् धेरै अवैध काम हुन थालेको बताइन्छ । देशभर भ्रष्टाचारविरुद्ध जेनजी आन्दोलन चलिरहँदा पनि विभागभित्र दादागिरी नघटेको भन्दै केही कर्मचारीले यस्तो नगर्न चेतावनी नै दिएका छन् ।
पछिल्ला दिनमा कर्मचारी संयन्त्र अझै अवैध काममा लिप्त भएको स्वतन्त्र कर्मचारी अभियान सञ्चालन गरिरहेका संयोजक पशुपति पोखरेल बताउँछन् ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

























