जेनजीका नाममा सरकार आफैँ चलाएको गणेश घिमिरेको भ्रम
वि.सं.२०८२ कात्तिक २५ मंगलवार
shares
भदौ २३–२४ गतेको जेनजी आन्दोलन सुशासन, भ्रष्टाचार नियन्त्रण र सामाजिक सञ्जाल स्वतन्त्रताका मुद्दामा उत्रिएको त्यो शक्तिशाली जनलहर—देशलाई एक ऐतिहासिक मोडसम्म पु¥याएको थियो ।
तत्कालीन वातावरण यति संवेदनशील र तनावपूर्ण थियो कि आज पनि सम्झिँदा शरीर काँप्ने अवस्था आउँछ । तर, त्यसपछि कर्मचारी प्रशासन र सुरक्षा निकायको मनोबल उकास्ने कुनै ठोस नीति कार्यक्रम ल्याउनुपर्ने सरकार भने क्रमशः असमर्थ, अस्थिर र अनिर्णायक बन्दै गएको चित्र देखिन्छ । त्यही शून्यता भित्र अहिले जेनजी कर्मचारीका प्रतिनिधि भनी प्रस्तुत भइरहेको विवादास्पद पात्र, गणेश घिमिरे (उमेर करिब ४५ वर्ष) अचानक शक्तिको केन्द्रमा पुगेजस्तो व्यवहार गरिरहेको आरोप बढ्दै गएको छ ।
प्रधानमन्त्री कार्यालयमा बसेर काम भन्दा बढी सरुवा–सूची बोकेरै हिँड्ने, अनौपचारिक ‘सल्लाहकार टिम’ भएको दाबी गर्ने, आफूलाई जेनजी आन्दोलनको मुख्य नाइकेजस्तो ढंगले प्रस्तुत गर्ने घिमिरेका व्यवहारले प्रशासनभित्रै असन्तोष पैदा गरेको छ ।
उनले संघीय निजामती सेवा ऐन ‘मैले र मेरो टिमले बनाएँ’ भन्ने दाबी गर्दै क्यान्टिनदेखि सचिवालयसम्म यो कथा बखान गरिरहनु, आफू नै सरकारजस्तै शक्तिशाली भएको भ्रम फैलाउन खोज्नु झनै चिन्ताजनक देखिन्छ ।
उनी सहसचिव सुवासचन्द्र सिवाकोटी समेत रहेको अनौपचारिक टिमले ऐन तयार पारेको र अब यसलाई अध्यादेशमार्फत ल्याउँदैछौँ भन्ने हल्ला फिँजाइरहँदा प्रशासनका धेरै कर्मचारीहरू चकित परेका छन् ।
शुशिला कार्की नेतृत्वको टिमले यस्तो कुरा पत्याउने वा नपत्याउने यकिन छैन ।
सेना र अन्य संवेदनशील क्षेत्रका फोटो देखाउँदै ‘आफू सबैसँग जोडिएको छु’ भन्ने घिमिरेको शैलीले उनी विवादास्पद छन् भन्ने देखाउँछ । शुशिला कार्की नेतृत्वको मन्त्रीपरिषद्, जो तथ्य, कानुन र प्रक्रिया बाहेक अरु कसैलाई नपत्याउने स्वभावका रूपमा चिनिन्छ, तर, घिमिरेका त्यस्तो अप्रमाणित गफका आधारमा कसरी चल्ला ?
घिमिरेका यस्ता बेतुकका हल्लाले कर्मचारी प्रशासनको गरिमा त चोट पु¥याइरहेकै छ, जेनजी आन्दोलनको नाममा बेइज्जत हुने काम पनि बढाइरहेको छ ।
मन्त्रालयका सचिव र जिम्मेवार अधिकारीहरू यस्तो अराजक गतिविधि हेरेर मात्र बसिरहनु आफैँ प्रश्नको विषय बनेको छ ।
विशेष गरी युवा तथा खेलकुद सचिवले यसरी खुलेआम गलत प्रस्तुतिमा चलिरहेको ब्यक्तिविरुद्ध किन बोलेनन् ? प्रश्न उठेको छ ।
निरीहता, उपेक्षा वा अवसरवादी मौनता, कुन कारणले यस्तो अवस्था बनेको हो, प्रश्नहरू उठिरहेका छन् ।
लुमडीप्रसाद आचार्य
काठमाडौँ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

























