आज कार्तिक २७ गते बिहिबारको,निकै राम्रो छ यी राशिको भाग्य, हेर्नुहोस्
वि.सं.२०८२ कात्तिक २६ बुधवार
shares
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा अरूको भावनाको पनि सम्मान गर्नुहोस्। नोकरी वा पेशामा आइरहेका बाधा समाप्त हुनेछन्। अड्किएको धन मिल्नाले आर्थिक स्थिति सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा सहयोगीहरूबाट भनेजस्तो सहयोग नमिल्ला। विद्यार्थीहरूको अध्ययन भन्दा घुमफिरमा समय व्यतीत हुनेछ। विवादास्पद मामलाहरूबाट टाढा रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) वित्तीय मामलाहरूमा सावधानी अपनाउनुहोस्। सन्तानको भविष्यलाई लिएर चिन्ता दूर हुनेछ। पारिवारिक जीवनमा संघर्ष बढ्ला। फजुल खर्चदेखि बच्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) सामाजिक गतिविधिमा व्यस्तता बढ्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। माननीय जनहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) रोजगारका लागि नयाँ प्रस्तावहरू मिल्नेछन्। कार्यक्षेत्रमा दौडदुप गर्नुपर्ला। कार्यप्रति इमान्दारिता देखाउनुहोला। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्ला। व्यावसायिक लेनदेनमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक वा सांस्कृतिक कार्यक्रमहरूमा भाग लिने अवसर मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मित्रवर्गहरूबाट सहयोग पाइनेछ। आयस्रोत बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तहरूबाट राम्रो सहयोग पाइनेछ। शत्रुहरु आफै किनारा लाग्नेछन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा प्राप्त भएको सफलताले मन उत्साहित रहनेछ। गुप्त कुरा बाहिरिनाले समस्या निम्तिनेछ। अरुलाई सहयोग गरेर खुसी मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) हजुरको कार्यशैलीबाट अधिकारीहरू प्रसन्न रहनेछन्। व्यापार व्यवसायमा नयाँ लगानिको लागि समय अनुकूल रहेको छ। मठमन्दिर वा धार्मिक स्थलमा भ्रमणका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यापार व्यवसायमा लाभ रहनेछ। सोचे अनुरुप परिणाम मिल्नाले मन प्रसन्न रहनेछ। जीवनसाथीको साथ र सहयोग पाइएला। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) शत्रुहरू परास्त हुनेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। नोकरीमा प्रमोशन आदिको रूपरेखा बन्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।




























