Nepal Automobile Importers and Manufacturers Association (NAIMA)

डडेल्धुरा अस्पतालमा आजदेखि आकस्मिक बाहेक अन्य सेवा पूर्ण रूपमा बन्द

3.3K
shares

डडेल्धुरा । डडेल्धुरा अस्पताल विकास समितिले आजदेखि आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।

 

समिति अध्यक्ष करूणाकर ओझामाथि दुव्र्यवहार भएको घटनाप्रति अस्पताल प्रशासनले गम्भीर आपत्ति जनाउँदै घटनापछि कर्मचारीको मनोबल कमजोर बनेको कारण आकस्मिक बाहेक अन्य सबै सेवा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको जनाएको हो ।

 

अस्पतालद्वारा जारी सूचना अनुसार पुस २३ गते दिउँसो १ः३५ बजे अध्यक्ष ओझालाई उनकै कार्यकक्षभित्र ने.क.पा. बहुमतको नाम लिएका केही व्यक्तिहरूले दुव्र्यवहार गरेका थिए ।

 

यस्ता घटनाले अस्पतालको सेवा प्रवाहमा प्रत्यक्ष असर पर्नुका साथै कर्मचारी तथा पदाधिकारीहरूको मनोबल गिराउने अस्पतालले जनाएको छ । उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुन बमोजिम कारबाही गर्न अस्पतालले माग गरेको छ ।

civil hospital
Hams Hospitals