काठमाडौं–ओखलढुंगा सडकखण्डमा बस दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका
वि.सं.२०८२ माघ २७ मंगलवार
807
shares
shares
काठमाडौं।काठमाडौंबाट ओखलढुंगाको रगनीतर्फ जाँदै गरेको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका–६ स्थित तामाकोशी नदीमा खसेको छ। दुर्घटनामा ठूलो मानवीय क्षति भएको आशंका गरिएको छ।
घटनास्थलमा रहेका अनेरास्ववियु रामेछापका संयोजक गोपाल थोकरका अनुसार केही यात्रुका शव नदीमा तैरिँदै बगिरहेको अवस्थामा देखिएका छन्। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी तत्काल उद्धार कार्यमा खटिएका छन्।
दुर्घटनामा परेको बसको नम्बर र यात्रु संख्या अहिलेसम्म खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपीका अनुसार उद्धार कार्य जारी रहेकाले विस्तृत विवरण संकलन भइरहेको छ।
घटनाबारे थप जानकारी आउन बाँकी छ।

























