दुई गोलले पछि परेको अर्जेन्टिनाको ऐतिहासिक कमब्याक, इजिप्टलाई ३–२ ले हराउँदै विश्वकपको क्वाटरफाइनलमा

324
shares

काठमाडौं । साविक विजेता अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्थाबाट अविश्वसनीय पुनरागमन गर्दै इजिप्टलाई ३–२ ले पराजित गरेको छ। यससँगै अर्जेन्टिना फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।

 

राउन्ड अफ १६ अन्तर्गत सम्पन्न खेलमा इजिप्टले सुरुआतमै दुई गोल गर्दै अर्जेन्टिनालाई दबाबमा पारेको थियो। पहिलो हाफमा कप्तान लियोनेल मेसीले पेनाल्टी समेत चुकाउँदा अर्जेन्टिनाको अवस्था झन् कठिन बनेको थियो।

 

तर खेलको अन्तिम १५ मिनेटमा अर्जेन्टिनाले उत्कृष्ट पुनरागमन गर्‍यो। क्रिस्टियन रोमेरोले पहिलो गोल गर्दै टोलीलाई खेलमा फर्काए भने त्यसपछि मेसीले बराबरी गोल गरे। इन्जुरी समयमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई ३–२ को रोमाञ्चक जित दिलाए।

 

यस जितसँगै अर्जेन्टिनाले क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। अब अर्जेन्टिनाले क्वाटरफाइनलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

civil hospital
Hams Hospitals