बीमा कम्पनीका सिइओ शिवहरी श्रेष्ठले दिए राजीनामा
वि.सं.२०८३ साउन १५ शुक्रवार
300
shares
shares
काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) शिवहरी श्रेष्ठले पदबाट राजीनामा दिएका छन्।
श्रेष्ठले आफ्नो राजीनामापत्र कम्पनीको सञ्चालक समितिसमक्ष बुझाइसकेका छन्। उनको राजीनामा स्वीकृत भए वा नभएको विषयमा भने हालसम्म कम्पनीले औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
राजीनामाको कारण पनि खुलाइएको छैन। सञ्चालक समितिले यसबारे आवश्यक निर्णय गरेपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।





























