लघुकथा:ओई मान्छे! तँलाई सञ्चै छ ?

10.3K
shares
Nabil bank

                        (ईश्वर पोखरेल

गुड्दागुड्दैको मोटरको बोनेटबाट धुवाँ निस्कियो। एकैछिनमा आगो।

“दमकललाई फोन गर्!” रामप्रसाद चिच्यायो।

शुभलालले कतैबाट बाल्टिन खोजेर ल्यायो। श्रीचन्द्रले चापाकल हान्न थाल्यो– ‘छ्याक्, छ्याक्।’

सबैको ध्यान आगोमा थियो।

त्यही बेला भित्रबाट सानो आवाज आयो। ढोकामा हातले पिटेको आवाज। चन्द्रकला चिच्याइन्– “ओई! भित्र मान्छे छ! मान्छे निकाल्नुस् न!”

सबैको होस खुल्यो।

बुद्धिकृष्ण ढोका तान्न जाँदा हात पोलिएर पछि हट्यो। रमाले सारीको आँचलले ढोकाको ह्यान्डल समातेर तानिन्।

भित्रको मान्छे धुवाँले कालो भएको अनुहार लिएर निस्कियो। सकुशल।

दमकलको साइरन सुनियो। आगो लगभग सामसुम भइसकेको थियो।

त्यही बेला मोडर्न र तृप्तिहरू आइपुगे। हातमा मोबाइल तेस्र्याउँदै।

सबनमले सोधी – “अंकल, भिडियो कसले खिच्यो? मलाई सेयर गर्नु न है।”

कसैले खिचेको रहेनछ।

भिडियो नपाएकोमा उनीहरूको अनुहारमा साँच्चै नरमाइलो देखियो : लाइक, कमेन्ट र भ्युजको एउटा राम्रो मौका गुमे जस्तो!

मोटरबाट निकालिएको मान्छे एक्लै सडकको छेउमा उभिएको थियो।

जसले यो सबै देखेको थियो; नजिकै गएर बिस्तारै सोध्यो- “ओई मान्छे, तँलाई सञ्चै छ?”

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x