कांग्रेसको केन्द्रीय सदस्यमा बाला अधिकारी निर्वाचित,शाहलाई ७ मतले पछि पारिन्

348
shares
Nabil bank

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट ओखलढुङ्गाकी बाला अधिकारी केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित हुनुभएको छ। पेशागत विषयगत क्षेत्रको महिला खुला समूहमा भएको प्रतिस्पर्धामा अधिकारीले आर्किटेक्ट इन्जिनियर मेली शाहलाई मात्र सात मतले पछि पार्दै केन्द्रीय सदस्यमा स्थान सुरक्षित गर्नुभएको हो।

अधिकारीले २ हजार १९४ मत प्राप्त गर्दा शाहले २ हजार १८७ मत पाउनुभयो। यस समूहबाट डा. सीता पोखरेल (घिमिरे) भने २ हजार ६५० मतसहित निर्वाचित हुनुभएको छ।

महिला खुला समूहका दुई पदका लागि भएको प्रतिस्पर्धा अन्तिम मतपरिणामसम्मै रोचक देखिएको थियो। इन्जिनियर निर्मला लामा (चन्द) ले २ हजार १४, अधिवक्ता रञ्जिता कार्कीले १ हजार ८३२ र सुधा रिजालले ७२८ मत प्राप्त गर्नुभयो।

यसअघि विशेष महाधिवेशनबाट समेत केन्द्रीय सदस्य निर्वाचित हुनुभएकी अधिकारीले १५औँ महाधिवेशनबाट पुनः केन्द्रीय कार्यसमितिमा आफ्नो स्थान सुरक्षित गर्नुभएको हो। पत्रकारिता, प्राज्ञिक अध्ययन र राजनीतिमा सक्रिय अधिकारीको निरन्तरको केन्द्रीय प्रतिनिधित्वलाई पेशागत क्षेत्रबाट कांग्रेसको नेतृत्वमा भएको सहभागिताका रूपमा हेरिएको छ।

पत्रकारितादेखि पार्टी राजनीतिसम्म

आमसञ्चार तथा पत्रकारिता विषयमा विद्यावारिधि गर्नुभएकी अधिकारीले नेपाल पत्रकार महासंघको केन्द्रीय उपाध्यक्ष तथा कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिसक्नुभएको छ। पत्रकारिता क्षेत्रमा व्यावसायिक अनुभव हासिल गर्नुभएकी उहाँले सञ्चार क्षेत्रको संस्थागत नेतृत्वमा समेत भूमिका निर्वाह गर्नुभएको छ।

ओखलढुङ्गाबाट राजनीतिक यात्रा अघि बढाउनुभएकी अधिकारी नेपाली कांग्रेसको जिल्ला तहमा महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यका रूपमा पनि काम गरिसक्नुभएको छ। पत्रकारिता र राजनीतिलाई सँगसँगै अघि बढाउँदै आउनुभएकी उहाँको पुनः निर्वाचित हुनुलाई पार्टीको केन्द्रीय तहमा निरन्तरता पाएको घटनाका रूपमा लिन सकिन्छ।

पेशागत विषयगत क्षेत्रको खुला समूहबाट पाँच जना केन्द्रीय सदस्य निर्वाचित भएका छन्। प्राप्त मतपरिणामअनुसार डा. केदार नरसिंह केसीले ३ हजार २५३, प्रा.डा. जगदीश चन्द्र पोखरेलले २ हजार ५७७, वरिष्ठ अधिवक्ता सिताराम केसीले १ हजार ५३६, डा. प्रदीप मिश्रले १ हजार ४७८ र केशव निरौलाले १ हजार २३२ मत प्राप्त गर्नुभएको छ।

यस समूहमा अन्य उम्मेदवारमध्ये शिवशंकर रिजाल (जोगिन्दर पानवाला) ले १ हजार २२०, डा. नहकुल केसीले १ हजार १६६, भरतराज ढकालले १ हजार १४८, सीए पदम भट्टराईले १ हजार ११७ र प्रकाश कटुवालले १ हजार ७७ मत प्राप्त गर्नुभएको छ।

त्यस्तै, इन्जिनियर मनोज घिमिरेले १ हजार ५९, अधिवक्ता कमलबहादुर खत्रीले १ हजार २७, इन्जिनियर धनेन्द्र केसीले ८७५, इन्जिनियर दीपेन्द्र क्षेत्रीले ८६८ र इन्जिनियर दिलीपकुमार झाले ६२९ मत पाउनुभएको छ।

अन्य उम्मेदवारमा गोपालप्रसाद पोखरेलले ५९४, अधिवक्ता काशीनाथ चुडालले ५३१, विज्ञान प्रसाईले ४८१, लक्ष्मीकिशोर सुवेदीले ४७८, समिर जंग शाहले ४५७, सुभाष अधिकारीले ४४६, शिवप्रसाद लम्सालले ४२४ र इन्जिनियर विनोदकुमार यादवले ४२७ मत प्राप्त गर्नुभएको छ।

यसैगरी, धर्मानन्द जोशीले ४५४, इन्जिनियर सुदर्शन शर्माले ३४७, डा. विनायक पण्डितले ३२९, इन्जिनियर यमकृष्ण पौडेलले ३०५, डा. शिवचन्द्र शाहीले ३०१, हरिबहादुर कार्कीले २७५, रमेशकुमार बखतीले १९९, सुशीलप्रसाद फुयालले १९०, विश्वदीप लामिछानेले १८६ र रामकृष्ण पोखरेलले १७२ मत प्राप्त गर्नुभएको छ। शत्रुध्नप्रसाद गुप्ताले ३७४, मोहन लम्सालले ४०६ र इन्जिनियर सुभाष अधिकारीले ४४६ मत पाउनुभएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि असोज २३ गते मतदान भएको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x