हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय (सूचना सहित)
वि.सं.२०७९ वैशाख १४ बुधवार
3K
shares
shares
काठमाडौँ। सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जेठ १ गतेदेखि लागु हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको हाे। साे निर्णयकाे बारेमा सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले गराएका हुन् ।
त्यस्तै, निर्णयअनुसार अब शनिबार र आइतबार दुई दिन बिदा दिइने छ । अरू दिन कार्यालयहरू बिहान साढे ९ बजेदेखि साँझ साढे पाँच बजेसम्म खुल्नेछन् ।






























