नागरिकको सेवामा इमान्दार बन्न नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन


भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिनु भएको छ । 

मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरुका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापन सम्बन्धी तालिमको आज काठमाडौंमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरुले पाएको जिम्मेवारीलाई निष्ठपूर्वक पुरा गर्न सके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताउनु भयो ।

उहाँले अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापी सम्बन्धी कामहरुलाई प्रविधि मैत्री बनाउन लागिएको भन्दै सबै इमान्दार भएर लागे यसबाट काम पारदर्शी बन्दै जाने विश्वास समेत व्यक्त गर्नुभयो ।

भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय मन्त्रालय, विभाग र कार्यालयहरुले, जनजिविकासँग जोडिएर सार्वजनिक सेवा प्रवाहको गर्ने हुँदा सार्वजनिक सेवा प्रवाह गर्दा जनअधिकार, जनचाहना र जनताको सन्तुष्टिलाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्न पनि मन्क्री श्रेष्ठले नवनियुत्त शाखा अधिकृतहरुलाई निर्देशन दिनुभयो ।

मन्त्री श्रेष्ठले सेवाप्रवाह गर्दा कसैको पनि दवाव र प्रभावबाट मुक्तभई मितव्ययी, प्रभावकारी र जवाफदेही भएर कार्य गर्न समेत अग्रह गर्नुभयो ।

भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र मार्फत सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वरमा नवनियुक्त शाखा अधिकृतहरुलाई भूमि प्रशासन तथा व्यवस्थापन विषयमा ७ दिने तालिम दिइएको हो ।


Shangri-la Development Bank Ltd.
Nepali patro