निर्वाचनमा एमालेसँग तालमेल हुन सक्ने प्रचण्डकाे संकेत
वि.सं.२०७८ चैत ३ बिहीवार
shares
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तह निर्वाचनमा प्रमुख प्रतिपक्ष दल एमालेसँग चुनावी तालमेल हुन सक्ने संकेत गरेका छन् ।
बिहीबार बुटवलका स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा प्रचण्डले दल एमालेसँग आगामी निर्वाचनमा तालमेल हुन् सक्ने संकेत गरेका हुन्।
अध्यक्ष दाहालले कांग्रेसले लखेट्नै थाल्यो भने एमालेसँग तालमेल गरेर स्थानीय तह निर्वाचनमा जानुपर्ने अवस्था आउन सक्ने बताएका हुन् । तर त्यो कांग्रेसको व्यवहारमाथि भरपर्ने उनको स्पष्टिकरण प्रचण्डले बताए ।
कांग्रेसका केही नेताहरुले अन्य दलसँग कुनै पनि हालतमा चुनावी तालमेल हुन नसक्ने अतिवादी खालका अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै अध्यक्ष दाहालले त्यसो हो, भने चुनावी गठबन्धनबारे परिस्थितिमा बदलाव आउन सक्ने स्पष्ट पारे ।
अध्यक्ष दाहालले स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा हुनेमा शंका नगर्न पनि सबैलाई आग्रह गरे । उनले निर्वाचन तोकिएकै मितिमा हुनेमा प्रधानमन्त्रीसमेत विश्वस्त रहेको बताए ।




























