माओवादी केन्द्रको केन्द्रीय समितिकाे बैठक बस्दै, यी हुन् छलफलका विषय
वि.सं.२०७८ फागुन २० शुक्रवार
shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक निर्धारित समय भन्दा दुई घण्टा पछि सरेकाे छ ।
शुक्रबार बिहान ११ बजेदेखि बस्ने भनिएको बैठक दिउँसो १ बजेसम्मका लागि सारिएको माआवादी केन्द्रले जानकारी दिएको हाे ।
बैठक दिउँसो १ बजेदेखि राष्ट्रियसभा गृहमा बस्नेछ। नेताहरू आन्तरिक छलफलमा रहेका कारण बैठक धकेलिएको बताइएको छ । बैठकमा पार्टीका पदाधिकारी चयन गर्ने तयारी गरिएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता प्रतिनिधिसभाबाट अनुमोदनपछि माओवादीका नेताहरूबीच खटपट सिर्जना भएको छ।
नारायणकाजी श्रेष्ठ लगायतका केही नेताले पार्टीभित्र ‘विद्रोह’ गर्दै छुट्टै छलफल गरेका छन् । शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा पनि यो समूहले नेतृत्वको कमजोरी देखाउँदै आफ्नो भनाइ राख्ने तयारी गरिएको जानकारी दिइएको छ ।




























