उम्मेदवारलाई धम्की र प्रलोभन दिनु लोकतन्त्रमाथिकै आघात : निर्वाचन आयोग

Ghorahi cement

काठमाडौँ। निर्वाचन आयोगले उम्मेदवारको मनोनयन फिर्ता गराउन कुनै पनि प्रकारको डर, धाक, धम्की नदिन आग्रह गरेको छ ।

शुक्रबार निर्वाचन आयोगले विज्ञप्ति जारी गरी कतिपय उम्मेदवारलाई मनोनयन फिर्ता गराउन यस्ता गतिविधि भएको पाइएकोले उक्त गतिविधि नगर्न सरोकारवालालाई आग्रह गरेको हो । 

आयोगले उम्मेदवारले आफूलाई फिर्ता लिन इच्छा लागेमा राजीखुसीले लिखित सूचना दिएमा उम्मेदवारी फिर्ता हुन सक्ने बताएको छ ।

संविधान र कानुन बमोजिम योग्यता पुगेका नेपाली नागरिकले राजनीतिमा भाग लिन, उम्मेदवारी दर्ता गर्न, निर्वाचित हुन र शासकीय प्रणालीमा संलग्न हुन पाउने नैसर्गिक अधिकार हाे । त्यस्तै आयोगले उम्मेदवारलाई धाक, धम्की र प्रलोभन दिनु लोकतन्त्रमाथिकै आघात भएको बताएको छ ।

Nepali patro