नेपाल पक्षले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री ओलीको प्रस्तावमा लिखित जवाफ दिने
वि.सं.२०७८ जेठ २४ सोमवार
1K
shares
shares
काठमाडौँ।माधवकुमार नेपाल पक्षले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा लिखित जवाफ दिने तयारी गरेकाे छ।
नेपाल समूहले ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको हो ।
नेताहरुको छलफलपछि ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने निर्णय भएको एक नेपाल समूहका नेताले जानकारी दिएका छन् ।
ओलीको प्रस्तावसँगै माधव नेपाल पक्षले विभिन्न नेताहरुसँग भेटघाट र छलफल गरिरहेको छ।






























