भक्तपुरमा गाडीले किचेर शिशुको मृत्यु

भक्तपुरको लोकन्थलीमा गाडीले किचेर एक शिशुको ज्यान गएको छ।

मध्यपुर ठिमी-१ लोकन्थलीका १७ महिने सलिन श्रेष्ठको आज बिहान गाडीको ठक्करबाट मृत्यु भएको हो ।

प्रहरीका अनुसार खेल्दै गरेका शिशु पानी झार्न रोकेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेपछि उक्त गाडीले किचेको थियो।

गाडी मुनि छिरेको थाहा नपाएपछि चालकले गाडी अगाडि बढाउँदा बालक गम्भीर घाइते भएका थिए।

Shangri-la Development Bank Ltd.
Nepali patro