नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने
वि.सं.२०७९ पुस १० आइतवार
1K
shares
shares
काठमाडौं । प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा (एमाले)को नेतृत्वमा सरकार बन्ने सहमति भएपछि अब नेपाली काँग्रेस प्रतिपक्षमा बस्ने भएको छ।
काँग्रेस सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालमा प्रधानमन्त्री दिन अस्विकार गरेपछि माओवादी केन्द्रले नेकपा एमाले सहितका साना दलसँग हात मिलाएको हो।
आइतबार बालकोट बैठकमा सहभागी दलको गठबन्धन बनेमा सुदूरपश्चिम बाहेक सबै प्रदेशमा यही गठबन्धनको सरकार बन्नेछ । नागरिक उन्मुक्ति पार्टी यो गठबन्धनमा सहभागी भएमा सुदूरपश्चिम प्रदेश सरकार पनि बन्नेछ ।
























