‘मैले संसदीय दलको चुनाव हारे पनि आजको समाचारले चित्त बुझेको छ’:गगन थापा
वि.सं.२०७९ पुस १० आइतवार
shares
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको नेतामा सभापति समेत रहेका शेरबहादुर देउवासँग पराजित भएका गगन थापा आज भने खुशी भए।
आजको समाचार थियोे माओवादी केन्द्रले गठबन्धन तोड्नु र एमालेको काँधमा चढेर प्रधानमन्त्री हात पार्नु।
बहुमत सांसदको साथ पाएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्।
यस्तो घटनाक्रमसँगै नेपाली काँग्रेसमा चर्को असन्तुष्टि बढेको छ। अब काँग्रेसले सबै गुमाएर प्रतिपक्षको भूमिका पाउने भएपछि नेताहरुमा असन्तुष्टि देखिन्छ। उनीहरुले माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई धोकेबाजको संज्ञा दिएका छन्।
आजको घटनाक्रमप्रति गगन थापा भने खुशी छन्। काठमाडौंमा यो सबै खिचडी पाकिरहँदा थापा भने लिटरेचर फेस्टिभलमा सहभागी हुन पोखरामा छन्। यो छोटो टिप्पणी गर्दै भने, ‘मैले संसदीय दलको चुनाव हारे पनि आजको समाचारले चित्त बुझेको छ’।
देउवा प्रधानमन्त्री हुन नपाएकोमा उनी खुशी देखिन्थे।
























