भक्तपुर मालपोतमा ‘डन खरदार’ कोईरालाको रजाईँ

वि.सं.२०८१ चैत ३ आइतवार
shares

काठमाडौं । सेवाग्राहीलाई अतिरिक्त रकम असुलेर दुःख दिनेबाहेक कार्यालयका कर्मचारीको पनि असुर बनेका छन्, खरिदार दिपक कोईराला । जसले आफ्नो घरखर्च टार्न मालपोतको गेट कुरेर लेखापढी गर्नेहरुलाई पनि छोडेका छैनन् ।
हरेक काममा लेखापढी व्यवसायी प्रयोग गरेर अतिरिक्त रकम असुल्ने कोईरालाले भक्तपुर मालपोतमा जानका लागि यस अघिका खरिदारका बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा वेनामी उजुर गरेका थिए । उनले लेखापढी व्यवसायीलाई दिनदिनै दुःख दिने गरेको एक लेखापढी व्यवसायीले बताए । कोइरालालाई अतिरिक्त रकम दिएको फेहरिस्त नै सुनाउँदै ती लेखापढी व्यवसायीले आफूसँग उथेष्ट प्रमाण भएको पनि बताए ।
अहिले पनि मालपोत कार्यालय भक्तपुरमा कार्यालय समयपछि ढोका थुनेर काम हुने गरेको ती व्यवसायी बताउँछन् । यसको अगुवाई कोईरालाले गर्दछन् । अतिरिक्त आम्दानी हुने कामहरु कार्यालय समयपछि मात्र हुने लेखापढी व्यवसायी बताउँछन् ।
त्यहाँका कार्यालयका प्रमुख र माथिल्लो निकायमा पनि पैसा दिनुपर्छ भन्दै रकम असुल्न गर्ने कोईराला हुन् । यसका लागि लेखापढी व्यवासायी प्रयोग हुने गरेका छन् ।
कार्यालय समयमा शाखा कव्जा गरेर कोईरालाले आफू पनि काम नगर्ने अनि अरुलाई पनि काम गर्न नदिने गरेको दृष्य स्पष्ट देखिन्छ । सही काम लिएर जानेहरुलाई पनि लेखापढी व्यवसायीमार्फत आउन दवाव दिने कोईरालाले लेखापढी व्यवसायीमार्फत अनिवार्य रकम असुल्ने गरेका छन् ।
खासमा शैक्षिक प्रमाणपत्र दश कक्षामात्र पास भएको भएपनि आफूले मालपोत कार्यालयमा हालिमुहाली गरेको उनी सगर्व बताउँने गरेका छन् । दश पासभए पनि हामिकदेखि मन्त्रालयसम्म पालेको धाक दिने कोइरालालाई ‘भक्तपुर मालपोतका डन’ भनेर चिनिने गरिन्छ ।
उनका कर्तुतकाबिरुद्ध बिभिन्न समाचारमाध्यममा खवर आउन थालेपछि उनले त्यहाँका कर्मचारी र लेखापढी व्यवसायीलाई पनि थर्काउन थालेका छन् । आफूबिरुद्धको समाचार कसैले शेयर वा ‘सेण्ड’ गरेको थाहा भए खतरा हुने धम्की आएको भक्तपुर मालपोतमा कार्यरत एक कर्मचारीले बताए ।
उनले त्यही कार्यरत कर्मचारीहरुबिरुद्ध उजुरी पनि आफै हाल्ने र दुःख दिने गरेको त्यही कार्यरत अर्का कर्मचारीले बताए । पहुँच र पैसाकै भरमा पटक पटक सरुवा हुँदा पनि अन्यत्र नगई त्यही बसेका खरिदार कोईरालाले माथिल्लो निकायमा बुझाउन पर्छ भन्दै रकम असुलेपछि हामिकदेखि मन्त्रालयसम्म पालेको धाक र मन्त्रालयमा पनि उनको चर्चा भएको थियो ।
पत्रकार ऋषि धमाला, काँग्रेसका युनियनका नेताहरु प्रयोग गर्ने उनले अहिलेसम्म करोडौं रकम अतिरिक्त असुलेर अकुत आर्जन गरेको युनियनका एक नेताले बताए । युनियनका नेतालाई पनि कोईरालाले खर्चपर्चको बन्दोबस्त गरेर प्रभावमा पारेको बताईन्छ ।
यो पनि पढ्नुहोस् छुटाउनु भयो की: