एससीटीले ल्यायो स्मार्ट जुलाई अफर, बिगमार्टमा एससीटी–युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट

1.5K
shares

काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले नेपालमा १२० भन्दा बढी शाखा रहेको चेन स्टोर बिगमार्टमा एससीटी–युपीआई कार्ड प्रयोगकर्ताहरूका लागि स्मार्ट जुलाई अफर ल्याएको छ ।

जुलाई १, २०२५ देखि सुरु भएकोे यस अफर अन्तर्गत ग्राहकहरूले बिगमार्टमा एससीटी–युपीआई कार्डबाट भुक्तानी गर्दा एकपटकमा १० प्रतिशत अधिकतम रु १०० हुने गरीे छुट प्राप्त गर्नेछन् । यो छुट पाउँन एससीटी–युपीआई कार्ड प्रयोग गरी पीओएस मेसिनमार्फत नै भुक्तानी गर्नु पर्नेछ । यो अफर जुलाई ३१, २०२५ सम्म बिगमार्टको सम्पूर्ण शाखामा लागु हुनेछ ।

एससीटीले यस अघि बिगमार्टमै एससीटी स्मार्ट वेइनस्डे अफर दिदै आएको थियो । जसमा एससीटी–युपीआई कार्ड प्रयोगकर्ताहरूलाई हरेक बुधबार एससीटी–युपीआई कार्डबाट भुक्तानी गर्दा १० प्रतिशत छुट पाउन सकिन्थ्यो । सो अफर अगस्टको पहिलो बुधबार देखि पूर्ण सुचारु हुनेछ । यो छुट एससीटीको सम्पूर्ण सदस्य बैंक तथा वित्तीय संस्थाका एससीटी–युपीआई कार्ड प्रयोगकर्ताहरूले पाउनेछन् ।

एससीटीले हाल २३ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी–युपीआई कार्ड जारी गर्दै आइरहेको छ । यस अफर मार्फत कार्डको अधिकतम प्रयोग गराउने र कार्डमार्फत नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्य रहेको छ ।

civil hospital
Hams Hospitals