skip this Bajaj motar bike

टीकाका लागि पौराणिक मन्त्र: पुरुष र महिलालाई छुट्टाछुट्टै आशिषको परम्परा

1.5K
shares

काठमाडौं । आज नवरात्रिको अन्तिम दिन । भोलि दसैँको टीका ग्रहण गर्ने दिन, अर्थात् विजया दशमी ।

 

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले भोलि विहान ११:५३ लाई टीका ग्रहण गर्ने उत्तम साइत तय गरेको छ ।

 

विजया दशमीको टीकाका निम्ति फरक फरक आशिर्वाद हुन्छन् । श्रीमद्भागवत गीतामा उल्लेख भएकामध्ये पुरुष र स्त्रीलाई टीका ग्रहणका क्रममा फरक फरक आशिष दिने गरिन्छ ।

 

 

पुरुषलाई

 

आयु द्रोणसुते श्रेयं दशरथे शत्रुक्षेयं राघवे ।

 

ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।

 

शौर्य शान्तनभे बलं हलधरे सत्यं च कुन्तीसुते ।

 

विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

 

नेपाली अर्थ

 

द्रोण पुत्र अस्वत्थामाको जस्तो आयु होस्,

 

राजा दशरथको जस्तो कृति होस्,

 

शत्रु पराजय गर्न कृष्णको जस्तो क्षमता होस्,

 

राजा नहुषको जस्तो ऐश्वर्य बनिरहोस्,

 

हावाको जस्तो तीव्र गति होस्, दुर्योधनको जस्तो मान–प्रतिष्ठा होस्,

 

आकाशजस्तो शान्त र पराक्रमी होस्,

 

बलरामको जस्तो बल होस्,

 

कुन्तीपुत्र युधिस्ठिरको जस्तो सत्यवादीता होस्,

 

विदुरको जस्तो ज्ञान होस्,

 

नारायणको जस्तो कृति होस् ।

 

महिलालाई

 

ॐ जयत्वं देवि चामुण्डे जय भूतापहारिणि ।

 

जय सर्व गते देवि काल रात्रि नमोस्तुते

मधुकैठभविद्रावि विधात्रु वरदे नमः

ॐ जयन्ती मङ्गला काली भद्रकाली

 

कपालिनी

दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तुते

 

रूपं देहि जयं देहि यशो देहि द्विषो जही

महिषासुर निर्नाशि भक्तानां सुखदे नमः । रूपं

 

देहि जयं देहि यशो देहि द्विषो जही

धूम्रनेत्र वधे देवि धर्म कामार्थ दायिनि। रूपं

 

देहि जयं देहि यशो देहि द्विषो जही

 

नेपाली अर्थ

तिम्रो जय होस्।

 

सबै प्राणीको पीडा हरण गर्ने देवी ! तिम्रो जय होस्।

 

सबैमा व्याप्त रहने देवी ! तिम्रो जय होस्।

 

कालरात्रि देवि ! तिमीलाई नमस्कार छ।

 

मधु र कैटभलाई संहार गर्नेवाली तथा ब्रह्माजीलाई वरदान दिने देवि १ तिमीलाई नमस्कार छ।

 

तिमी मलाई आत्मास्वरूपको ज्ञान देऊ,

 

मोहमाथि विजय देऊ, यश देऊ र काम-क्रोध आदि शत्रुहरूको नाश गर।

 

महिषासुरको नाश गरनेवाली तथा भक्तजनको सुख देनेवाली देवि १ तिमीलाई नमस्कार छ।

 

तिमी रूप देऊ, जय देऊ, यश देऊ र काम-क्रोध आदि शत्रुहरूको नाश गर।

 

रक्तबीजको वध र चण्ड-मुण्डको विनाश गरनेवाली देवि १

civil hospital
Hams Hospitals