Banner ad for NADA AUTO SHOW -2026

लघुकथा : वेपत्ता

300
shares

 

 

 

“ए ! भाग भाग, छिटो भाग ।“ चिच्याहट सुनियो

 

सामाजिक सञ्जाल हेरेँ, स्क्रोलिङ गर्दै थिएँ, खासै ध्यान दिइनँ, सामान्य होला भन्ठानेँ, वास्ता गरिनँ, पुन: आफ्नै काममा अल्झिएँ । कता कता छट्पटी भएको थियो, मन डराइरहेको थियो । घरधन्दा सकेँ, काममा निस्किएँ, फुसफुस सुनेँ, गाइँगुइँ चल्यो

 

ऊ असिनपसिन थियो, अनुहार फिक्का थियो । भर्खर दुर्घटनाग्रस्त ठाउँको अवलोकन गरेर आएको रहेछ । ऊ भन्दै थियो, “चिनको तिब्बतबाट आकस्मिक बाढी आएकाले रसुवाको भोटेकोशी आसपासका बस्ती, टिमुरे, नुवाकोट,धादिङ, त्रिशूली हुँदै नारायणी क्षेत्रमा ठुलो प्रभाव पारेको छ, जनधनको  क्षति निकै भएको रहेछ ।“ उसले सूचना प्रवाह गर्यो, अनुहार धुस्रो देखियो

 

अचम्म लाग्यो, भर्खरको भर्खरै के सुन्नु परेको हो । त्यत्रो क्षति भयो र ? बुझिनँ, होइन होला, पत्यार लागेन, उसको अनुहारमा एकपल्ट नजर दौडाएँ, सोधेँ, “ कसरी आयो त यति ठुलो बाढी ?”

 

उसले बुझेको रहेछ, विस्तारले बतायो, भन्दै थियो, “ठुलो हिम चट्टान लेन्डे खोलामा खस्यो, थुनियो, पानी र गेग्रानसहितको एक्कासी ठुलो भेल निस्कियो । भोटेकोशी, त्रिशूलीले तल्लो क्षेत्र तहसनहस पार्यो ।“ हेर्दाहेर्दै बिजोग बनायो, सपना जस्तो भयो, दैव लागेपछि कस्को के लाग्दो रहेछ ? प्रकृतिले वितण्डा मच्चायो, उसले लामो सुस्केरा हाल्यो

 

मौन रहेँ, मैले सोच्नै सकिनँ, अन्तर्मनमै अनेक कुरा आएँ, “ होइन, के के विपत्ति आउँन लागेको हो, देशमा ? कहिले भुकम्पले तहसनहस पार्छ, कहिले कोरोनाले त कहिले जेन्जी आन्दोलनले ? यस्तै अनेक घटनाहरू सल्बलाएँ, सम्झिएँ, मनन गरेँ, एकोहोरो भएँ

 

त्यतिकैमा उसको मोबाइलमा घन्टी बज्यो,घरबाट रहेछ, उठायो, “ रसुवागढीको हाइड्रोपावरमा कार्यरत बहिनी ज्वाइँ वेपत्ता भएछन्, सम्पर्कविहीन भए, केही खबर छ ?“ उसले फोन काट्यो, तर्सियो, अताल्लियो, सबै उतैतिर खोज्न दौडियौँ ।

 

civil hospital
Hams Hospitals