कविता:बुवा,मेरो जीवन दर्शन

156
shares
म चाहान्न
मेरो बुबाको मृत्यु
मेरो भरोसाको धरोहर ढल्यो भने
नितान्त म अनाथ बन्ने छु
बिश्वासका पहाड ढले जस्तै
नितान्त म जीवन पथमै ढल्ने छु ।
समस्याका उकाली ओराली चढ्दै र  ओर्लदै
दृढताको चट्टानी छाती बोकेर
आस्थाको दीप जलाई
अन्धकारको पर्दा च्याती
उज्यालो छर्ने
दीप शिखा हौ तिमी ।
तिम्रो भरोसा
ढल्ने छैन
उठाउने छु म
तिम्रो इतिहासको जीवन्त कथा
गाउने छु गीत
तिम्रो संघर्षशील जिन्दगीको ।
आफ्नो सपना लुकाएर
मेरो सपना पुरा गर्ने
अर्पूणतालाई पूर्णता बनाई
मेरो खुसीमा रमाउने
जीवन उत्सर्गीत गरेरै भए पनि
सन्तानको भरोसा नटुटाउने
रोजी रोटी जुटाउने
जीवन दाता हौ तिमी ।
मेरो भविष्यको लागि
आफ्नो वर्तमान भुलेर
मनमा लागेका चोटहरु आपैmँ सुम्सुम्याउँदै
मलाई काँधमा बोकी
लेक बेसी गरेको कथा
बुबाको मुखबाट जब सुन्थे म
गर्वले छाती फुलाउँथे
मेरो बुबाको समर्पण प्रति ।
झुत्रे टोपी
चाउरी अनुहार
चरचरी चिरिएका कुर्कुच्चा
ठेला उठेका हात
मलाई याद छ
निधार बाट बगेको पसिना पुछ्दै
थकाइ लुकाएर मुस्कुराएको चाउरी अनुहार
कति उद्दीप्त देखिन्थ्यो ?
र म प्रार्थना गर्थे
बुबाको दीर्घ जीवनको ।
अमूल्य बुबाको
जीवनका अधुरा सपनाहरु
पूरा गर्नु छ मैले
मैले चढेका प्रत्येक शिखरमा
बुबाको पैतलाको  डोब देखेको छु
मैले पाएका प्रत्येक सफलतामा
बुबाको पसिनाका धारा बगेको भेटेको छु
बुबा मेरो जीवनको आदर्श
बुबा मेरो  जीवन दर्शन
तसर्थ
हसाउनु छ मैले
बुबाको क्लान्त मुहार ।
              सुन्दरहरैंचा –०६, दुलारी,मोरङ
९८४२०७३५२५

                                                                           [email protected]

civil hospital
Hams Hospitals