एमसिसि पास भए पछि चिनिया विदेश मन्त्रीको नेपालमा दौडधुप
वि.सं.२०७८ फागुन २५ बुधवार
2.3K
shares
shares
काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ चैत दोस्रो साता नेपाल आउने भएका छन् । उनी दुईदिने भ्रमणमा काठमाडौँ आउन लागेका हुन् ।
नेपालले अमेरिकी परियोजना सहयोग एमसीसी संसदबाट पास गरेपछि निनसँगको बिआरआईको बारेमा र भुकम्प पछि बन्द भएको नेपाल चीनको नाका खुलाउने आदी कुराहरुमा छलफल गर्ने गरि उनी नेपाल सरकारको निमन्त्रणमा नेपाल आउन लागेको स्रोतले बताएको छ ।
भ्रमणले नेपाल र चीनबीच सतहमा देखा परेको पछिल्लो असहज सम्बन्धलाई सम्बोधन गर्ने आकलन गरिएको छ । स्रोतका अनुसार नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सभामुख अग्निप्रसाद सापकोटासँगको शिष्टाचार भेटवार्तामा वाङको भ्रमणका सम्बन्धमा जानकारी गराएको पाइएको छ ।





























