आजको विनिमयदर कति छ हेर्नुहोस्
वि.सं.२०८० कात्तिक १७ शुक्रवार
shares
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ । भारतीय रुपैैयाँ १०० को खरिदर १६० रुपैयाँ र विक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९० पैसा र बिक्रीदर १३३ रूपैयाँ ५० पैसा पुगेको छ । आज अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ९२ पैसा र बिक्रीदर १३३ रूपैयाँ ५७ पैसा पुगेको थियो ।
आज युरोपियन युरो एकको खरिदमा १४१ रूपैयाँ २५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ८९ पैसा पाइन्छ । आज कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ३६ रूपैयाँ ६२ पैसा पाइन्छ । त्यस्तै, आज जापानीज यान दशको खरिदमा ८ रूपैयाँ ८४ पैसा र बिक्रीमा ८ रूपैयाँ ८८ पैसा रहेको छ ।
राष्ट्र बैंकले आजको लागि युएई दिराम एकको खरिददर ३६ रूपैयाँ १८ पैसा र बिक्रीदर ३६ रूपैयाँ ३५ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिदमा २७ रूपैयाँ ९७ पैसा र बिक्रीदर २८ रूपैयाँ १० पैसा पाइन्छ ।
कुवेती दिनार एकको खरिददर ४२० रूपैयाँ ०८ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०२ पैसा तोकिएको छ भने बहराइन दिनार एकको खरिददर ३५२ रूपैयाँ ४२ पैसा र बिक्रीदर ३५४ रूपैयाँ ०१ पैसा तोकिएको छ ।


























