पाथीभरा विवाद : वार्ता बिना निष्कर्ष टुंगियो

999
shares

काठमाडौँ । पाथीभरा (मुकुम्लुङ) केवलकारको विषयमा भैरहेको विवादका विषयमा आज सरकारी टोली र आन्दोलनरत पक्षबीच भएको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

 

 

सरकारी टोलीसँग मुक्कुमलुङ संरक्षण संघर्ष समिति नो केबलकार आन्दोलनको तर्फबाट बनेको सहजीकरण टोलीबाट ९ जना सदस्यले वार्ता गरेका थिए ।

 

 

करिब ४० मिनेट भएको वार्तामा आन्दोलनरत पक्षले पहिलो शर्त केबलकार निर्माण तत्काल रोक्नुपर्ने राखेको थियो । तर सहमति जुट्न नसकेपछि वार्ता बिना निष्कर्ष टुंगिएको हो ।

 

 

वार्ता बिना निष्कर्ष टुंगिएपछि आन्दोलनरत पक्षले पत्रकार सम्मेलन गरी भोलिदेखि कोशीका ९ जिल्लामा बन्दको कार्यक्रम घोषणा गरेको छ ।

civil hospital
Hams Hospitals