नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटल बिच मेडिकल सेवा सम्झौता

138
shares

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

निजी क्षेत्रको पहिलो जीवन बीमा कम्पनीका रूपमा ३७ वर्षदेखि आफ्नो अलग पहिचान बनाउँदै आएको नेशनल लाईफले आफ्ना प्रस्तावक तथा कर्मचारीलाई लक्षित गर्दै उक्त सहकार्य अघि बढाएको हो।

मिति २०८३ वैशाख ९ गते लाजिम्पाटस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा नेशनल लाईफका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्री र ग्राण्डी इन्टरनेशनल हस्पिटलका चिफ अपरेटिङ अफिसर अमृत खन्नाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार बीमालेख खरिद गर्न इच्छुक प्रस्तावकहरूका लागि आवश्यक मेडिकल परीक्षण सहुलियत दरमा छिटो र सहज रूपमा उपलब्ध गराइनेछ। साथै, कम्पनीमा कार्यरत कर्मचारीहरूले ग्राण्डी अस्पतालबाट उपचार सेवा लिँदा १० प्रतिशत छुटसहित सहुलियत दरमा स्वास्थ्य सेवा प्राप्त गर्ने व्यवस्था गरिएको छ।

कम्पनीले यस सहकार्यबाट आफ्ना ग्राहक तथा कर्मचारी दुवै वर्गलाई गुणस्तरीय, सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन मद्दत पुग्ने विश्वास व्यक्त गरेको छ।

civil hospital
Hams Hospitals