नेपाल खानेपानी संस्थानको विभिन्न पद र तहमा जागिर खुल्यो
वि.सं.२०७८ चैत २ बुधवार
5.4K
shares
shares
काठमाडौं।नेपाल खानेपानी संस्थानले विभिन्न पद र तहमा जागिरको लागि सूचना प्रकाशित गरेको छ । खानेपानी संस्थान खुला प्रतिस्पर्धाबाट करार सेवामा पदपूर्ति सम्बन्धी जानकारी। नेपाल खानेपानी संस्थानको निर्णय बमोजिम खुला प्रतिस्पर्धाबाट बढीमा ६ (छ) महिनासम्म करार सेवामा रिक्त पदहरू पूर्ति गर्नका लागि विवरणमा उल्लेखित रिक्त पदहरू आह्वान गरिएको छ ।
आवेदन फारमको साथमा शैक्षिक योग्यता, अनुभव, तालिम, नागरिकता प्रमाणपत्र आदि कागजातहरूको प्रमाणित प्रतिलिपि र परीक्षा शुल्क सहित संस्थानमा बुझाएको रसिद/भाउचर पनि साथमा ल्याउनु पर्नेछ।

रिक्त पदहरू: जुनियर प्लम्बर, लाइट ड्राइभर, प्लान्ट अटेन्डेन्ट, प्रयोगशाला केटा, हेल्पर, अफिस हेल्पर
परीक्षाको प्रकार: – अन्तर्वार्ता।
उमेर सीमा: – 18 – 40 वर्ष





























