इस्टोनिया पठाइदिन्छु भन्दै लाखौं ठगी गर्ने गोरखाका श्रेष्ठ पक्राउ
वि.सं.२०८० कात्तिक २३ बिहीवार
1.1K
shares
shares
काठमाडौं । इस्टोनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा हाल तार्केश्वर नगरपालिका-१ बस्ने गोरखा पृथ्वी नारायण नगरपालिका(६ का ३५ वर्षीय राजेश श्रेष्ठलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
श्रेष्ठले ५ जनालाई वैदेशिक रोजगारका लागि इस्टोनिया पठाई सुपर मार्केटको स्टोर किपरमा १ लाख ५० हजार रुपैयाँ तलवमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटकपटक गरी ३४ लाख १३ हजार रूपैयाँ लिई लिएको पीडितले जनाएको छ ।
ठगी गरेकोले पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१० नयाँबानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



























