सुनको मुल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ९ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो । यसअघि चैत्र ८ गते बिहीबार सुनको मूल्य एक लाख २७ हजार ८ सय रुपैयाँ पुगेको थियो ।

 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख २७ हजार ९ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख २७ हजार ३ सय रुपैयाँ रहेको छ ।

 

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार १० रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro