शिक्षकहरू र सरकारबीच ९ बुँदे सहमति, आन्दोलन स्थगित

1.7K
shares

 

काठमाडौं ।लामो समयदेखि विभिन्न माग राख्दै आन्दोलनरत शिक्षकहरू र नेपाल सरकारबीच ९ बुँदे सहमति भएको छ। उक्त सहमतिसँगै शिक्षकहरूले हाललाई आन्दोलन स्थगित गरेका छन्।

 

शिक्षकहरूको स्वास्थ्य उपचार, पेशागत सुरक्षादेखि शिक्षा नीति सुधारसम्मका विषयमा सहमति जुटेको छ। सहमति अनुसार अब अत्यावश्यक अवस्थामा शिक्षकमाथि स्वास्थ्य उपचारका लागि अस्पतालमा विशेष पहुँचको व्यवस्था गरिनेछ। साथै, विशेष प्रकृतिका शिक्षकहरूलाई सरुवा, बढुवा, करार तथा अवकाशजस्ता प्रक्रियामा सहजता प्रदान गरिनेछ।

 

शिक्षकहरूको तालिम, करार शिक्षकको भविष्य, बाल विकास केन्द्रको व्यवस्थापन, पुराना शैक्षिक नीतिहरूको पुनरावलोकन, तथा विशेष सुरक्षाको मागलाई सम्बोधन गर्दै सहमति गरिएको छ। बाल विकास केन्द्रमा कार्यरत कर्मचारीको व्यवस्थापन गर्न संघीय सरकारसँग समन्वय गरिने छ।

 

त्यस्तै, विद्यालय व्यवस्थापन समिति र शिक्षकबीच देखिएको अविश्वास हटाउन आवश्यक नीति निर्माण तथा अनुगमन प्रणालीको विकास गरिने सहमति भएको छ। शिक्षकमाथि हुने असुरक्षा, दुर्व्यवहार र आक्रमणजस्ता घटनाको निष्पक्ष छानबिन गरिने र दोषी उपर कारबाहीको व्यवस्था गरिनेछ।

 

शिक्षक सङ्गठनका प्रतिनिधिहरूले सरकारसँगको संवाद सकारात्मक भएको बताउँदै, सहमतिपत्र कार्यान्वयनमा दृढ निगरानी गर्ने बताएका छन्।

civil hospital
Hams Hospitals