आज देशभर मौसम मुख्यतया सफा, पहाडी भेगमा आंशिक बदली

1.1K
shares

काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  त्यस्तै, हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

 

आज दिउँसो सबै प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहने छ भने कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । त्यस्तै, आज राती देशभर मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ ।

civil hospital
Hams Hospitals